०४ साउन २०८३, सोमबार

माछा मार्ने क्रममा खोलाको बीचमा फसेका चार जनाको सकुशल उद्धार

साउन ३, २०८३
काठमाडौं
माछा मार्ने क्रममा खोलाको बीचमा फसेका चार जनाको सकुशल उद्धार

रूपन्देहीको तिलोत्तमा नगरपालिका १० र १२ नम्बर वडाको सिमानास्थित रोहिणी खोलामा माछा मार्ने क्रममा खोलाको बीचमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।​

आइतबार बिहान करिब १०:०५ बजे तीन पुरुष र एक महिला गरी चार जना खोलाको बीचमा फसेका थिए ।

उक्त सूचना पाएपछि प्रहरी निरीक्षकको कमान्डमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा उद्धार टोली परिचालन गरिएको थियो ।

उद्धार टोलीले बिहान ११ बजे चारै जनालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्