
रूपन्देहीको तिलोत्तमा नगरपालिका १० र १२ नम्बर वडाको सिमानास्थित रोहिणी खोलामा माछा मार्ने क्रममा खोलाको बीचमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।
आइतबार बिहान करिब १०:०५ बजे तीन पुरुष र एक महिला गरी चार जना खोलाको बीचमा फसेका थिए ।
उक्त सूचना पाएपछि प्रहरी निरीक्षकको कमान्डमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा उद्धार टोली परिचालन गरिएको थियो ।
उद्धार टोलीले बिहान ११ बजे चारै जनालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।