२९ असार २०८३, सोमबार

चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु

असोज १९, २०७७
चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु

चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएका भरतपुर महानगरपालिका–३ का ७० वर्षीय पुरुषको आज  बेलुका ७ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 
उपचारका लागि कोभिड आइसियुमा आइपुग्दा ती पुरुष मृतावस्थामा रहेको अस्पतालले जनाएको छ । मृतकका आफन्तका अनुसार ती उनलाई ज्वरो, खोकी र श्वासप्रश्वास, मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो ।
ती पुरुष चार दिनअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बस्दै आइरहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्