२८ असार २०८३, आइतबार

फेरि होला लकडाउन ?

फेरि होला लकडाउन ?

बुधबार तीन हजार ४३९ कोरोना सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात  पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६८४ सङ्क्रमित थपिएको जानकारी दिए । 
उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा एक हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १४ हजार २०९ नमूना परीक्षण भएको थियो । हालसम्म ११ लाख १३ हजार ४८५ नमूना परीक्षण भइसकेको छ । 
देशभरमा पछिल्लो २४ घण्टामा एक हजार १२६ जना डिस्चार्ज भएका छन् । 

फेरि होला लकडाउन ?
मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको थियो । गत असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।  

तर, अब लकडाउन हुने नहुनेमा भने अन्योल नै कायम छ । यो निर्णय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा थप छलफलपछि क्याबिनेटले गर्ने निर्णयमा निर्भर गर्नेछ । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपनि स्वास्थ्य मन्त्रालयलाई  लकडाउन गर्ने अधिकार नभएको बताए । यद्यपी २५ हजार भन्दा माथि सक्रिय संक्रमित पुगेको अवस्थामा स्वास्थ्य संस्थाहरूले धान्न नसक्ने भनेर आंकलन गरेर मन्त्रालयले यस्तो सिफारिस गरेको उनको भनाइ छ । 

यसैबीचआजसम्म देशभरका ७७ जिल्लामध्ये सात जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने तीन जिल्लामा शूून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । त्यस्तै सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ र सोललुखुम्बु रहेको मन्त्रालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्