मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
असोज २३, २०७७
काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर लगातार बढिरहेको छ ।
केही दिनअघि दैनिक ४/५ सयमा भेटिने काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक सातामै ६ गुणासम्म बढेको छ । पछिल्लो एक सातामा काठमाडौं जिल्लामा ८ हजार ९८९, भक्तपुरमा ७ सय ३३ र ललितपुरमा १४ सय ८६ जना संक्रमित थपिएका छन् ।
संक्रमितको संख्या बढेसँगै अस्पतालका बेडहरू भरिएका छन् । लक्षण देखिएका संक्रमितहरूले बेड पाउन गाह्रो भएको समाचारहरू आइरहेका छन् । सरकार भने संक्रमितहरूलाई सकेसम्म घरमै बस्न र अस्पताल नआउन उत्प्रेरित गरिरहेको छ ।
'सामान्य रुघाखोकी लाग्दा अस्पताल आइरहनु पर्दैन,' प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले केही दिनअघि भनेका थिए, 'बेहोश भएमा अथवा होला जस्तो भएमा, पिसाब नआएमा या कम आएमा मात्र अस्पताल आउनुहुन अनुरोध गर्दछौं ।'
उनको यो भनाइको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । जनताले आधारभूत स्वास्थ्य सेवाको अधिकार पाउने भनेर संविधानमै उल्लेख भएको र डा. गौतमको भनाइ त्यसअनुकूल नभएको भन्दै टिप्पणीसमेत हुने गरेको छ ।
कतिपय अवस्थामा लक्षणसहितका संक्रमितहरूले बेड पाउन सोर्सफोर्स प्रयोग गर्नुपरेका उदाहरणहरू पनि छन् ।
कतिपय अस्पतालहरूले भीआईपीका लागि बेड छुट्याएर खाली राख्ने गरेको र चिकित्सकीय सुविधा अत्यावश्यक रहेका आमनागरिकलाई स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले 'बेड छैन' भन्ने रुखो जवाफ दिने गरेको आरोप लाग्ने गरेको छ ।
त्यसो भए लक्षण देखिएका संक्रमितहरूले काठमाडौं उपत्यकामा बेड कसरी पाउने त ? यसको जवाफ खोज्ने प्रयास हामीले गरेका छौं ।
भीआईपीलाई छुट्याइएको खाली बेड हेर्न जाँदैछौं - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे
हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.वासुदेव पाण्डेलाई भीआईपीका लागि बेड छुट्याउने र आम सर्वसाधारणलाई बेड छैन भन्ने जवाफ किन दिने गरिएको हो भनेर सोधेका थियौं ।
डा. पाण्डेले भीआईपीलाई बेड छुट्याएर राख्ने तर आम सर्वसाधारणलाई बेड छैन भनेर फर्काइदिने गरिएको आफूले सुनेको बताए ।
'मैले यस्तो सुनेको छु, तर पुष्टि भने भएको छैन,' उनले भने, 'हाम्रो मिटिङमा यो कुरा उठेको पनि छ । हामी आफैं पीपीई लगाएर कहाँ कति बेड खाली छन्, अनुगमनमा जाने तयारीमा छौं ।'
उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने रिपोर्टअनुसार जुन संक्रमितमा लक्षण देखिएको छ, त्यो संक्रमितलाई स्वास्थ्य मन्त्रालय अन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरले आवश्यक प्रबन्ध गर्नुपर्ने व्यवस्था रहेको बताए ।
काठमाडौं जिल्लाका १८ वटै पालिकामा आइसोलेसन, आईसीयू र भेन्टिलेटरको अवस्थाका बारेमा आफूहरूले टीमसमेत खटाइसकेको उनको दाबी छ । 'हामी अहिले कन्ट्याक्ट ट्रेसिङमै व्यस्त छौं, त्यसैले अन्य पाटो अलिकति मिसिङ भएको छ । तर हामीलाई त्यो थाहा छ र लागेपुगेको गरिरहेका छौं,' डा. पाण्डेले भने ।
२ सयमा ६० बेड आफ्नै स्टाफका लागि भनेर छुट्याइएको छ - डा. प्रवीण नेपाल, सशस्त्र प्रहरी अस्पताल बलम्बु
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल यतिबेला कोरोना विशेष अस्पतालका रूपमा परिचित छ । त्यहाँ जम्मा २ सय वटा बेडहरू छन् । तीमध्ये आइसोलेसन, आईसीयू र भेन्टिलेटरको छुट्टाछुट्टै सेक्सन रहेको त्यहाँका संयोजक डा. प्रवीण नेपालले बताए ।
त्यहाँ पछिल्लो तथ्यांकअनुसार २ सय पूरै बेड भरिएको छ भने थप ४ जना संक्रमितलाई भर्ना लिइएको छ ।
डा. नेपालले भने, 'स्वास्थ्य मन्त्रालयले पठाएका बिरामीहरू राख्ने गरिएको छ, को भीआईपी हो र को आमसर्वसाधारण हो भन्ने हामीले ख्याल गरेका छैनौं ।'
उनले कसलाई बेड दिने र कसलाई नदिने भन्ने आफ्नो हातमा नरहेको स्पष्टीकरण दिए ।
तर अस्पतालमा सशस्त्र प्रहरीका लागि भनेर ६० बेड छुट्याइएको छ ।
'६० बेड हामीले हाम्रो स्टाफका लागि छुट्याएका छौं,' उनले भने, 'अस्ति प्रधानमन्त्री कार्यालयमा काम गर्ने केही स्टाफ संक्रमित भए र तत्कालै बेड चाहियो, त्यतिबेला तत्काल यहाँ ल्याएर उपचार गराउन सकियो । हाम्रै अस्पताल हो, हाम्रै स्टाफलाई सुविधा हुनुपर्यो ।'
सकेसम्म घरमै आइसोलेसनमा बस्न भन्ने गरेका छौं - ईश्वरमान डंगोल, प्रवक्ता काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरपालिका भित्रका संक्रमितलाई सकेसम्म घरमै आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन आफूहरू जुटेको बताए ।
उनले लोकान्तरसँग भने, 'लक्षण नभएका र सामान्य मात्र लक्षण भएकाहरूलाई हामीले घरमै बस्न व्यवस्थापन गरिदिने गरेका छौं । यदि संक्रमितमा गम्भीर किसिमको लक्षण छ भने हामीले स्वास्थ्य मन्त्रालय मातहत अस्पतालमा बेड मिलाइदिने काम पनि गरेका छौं ।'
उनले घर आइसोलेसनमा बस्न सक्ने अवस्था नभएका संक्रमितहरूलाई विभिन्न ठाउँमा रहेका संस्थागत आइसोलेसनमा बस्ने व्यवस्था पनि मिलाइएको बताए ।
'अहिलेसम्म संक्रमितको व्यवस्थापन गर्न महानगरलाई त्यति गाह्रो परेको छैन,' उनले भने, 'तर संक्रमितको संख्या बढ्दै गइरहेको छ, समस्या आउन पनि सक्छ । हामी हाम्रो तर्फबाट गर्नुपर्ने तयारी गरिरहेका छौं ।'
गम्भीर लक्षण छ भने फटाफट अस्पताल जानुस्, कसैलाई फोन गर्नुपर्दैन - ज्ञानु ओली, कोरोना फोकल पर्सन, काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाका कोभिड– १९ फोकल पर्सन ज्ञानु ओलीले संक्रमितहरूले बेड नपाउने समस्या आउन शुरू गरेको भन्दै चिन्ता व्यक्त गरे ।
'लक्षण देखिएका संक्रमितहरूका लागि बेड नपाउने समस्या देखिएको छ,' ओलीले लोकान्तरसँग भने, 'काठमाडौंका सबै अस्पतालहरू प्याक छन् । संक्रमितले बेड पाउन कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।'
उनले लक्षण नदेखिएका संक्रमितहरू घरमै बस्ने व्यवस्था गरिएपनि उनीहरूले स्वास्थमा समस्या आएको भन्दै फोन गर्ने गरेको बताए ।
'कतिपय संक्रमितले आफूलाई गाह्रो भयो, अस्पतालमा बेड मिलाइदिनुपर्यो भनेर फोन गरिरहेका छन् तर बेड पाइँदैन । तर पनि गम्भीर किसिमका लक्षण देखिएका संक्रमितलाई स्वास्थ्य मन्त्रालयसँग कुरा गरेर बल्लतल्ल व्यवस्थापन गरिएको छ,' ओलीले दुखेसो पोखे ।
ओलीले यदि कोही संक्रमितमा गम्भीर किसिमको लक्षण देखिएमा तत्काल अस्पताल गएदेखि उनीहरूको व्यवस्थापन त्यहीं हुने बताए ।
'यदि सामान्य लक्षण देखिएको छ भने आफैं डाक्टरसँग परामर्श लिने, गम्भीर लक्षण छ भने अस्पताल गइहाल्ने,' उनले भने, 'टिचिङ, वीर, पाटन र टेकुमा जतिबेला गए पनि हुन्छ ।'
बेड कहिले खाली हुन्छ, कहिले हुँदैन - पवित्रा देवकोटा, नर्स, स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयमा कार्यरत नर्स पवित्रा देवकोटाको काम यतिबेला संक्रमितको फोन उठाउनु हो । उनले आफ्नो ६/७ घण्टाको सिफ्टमा करीब ५० भन्दा बढी फोन उठाउने काम गर्छिन् ।
मन्त्रालयले ९८५१२५५८३९ र ९८५१२५५८३७ गरी दुईवटा मोबाइल हटलाइन सार्वजनिक गरेको छ । संक्रमितलाई गाह्रो भएमा यी नम्बरमा फोन गर्न सकिन्छ । सामान्य किसिमका संक्रमितलाई आवश्यक परामर्श दिने र गम्भीर लक्षण भएका संक्रमितलाई बेड खोजिदिने काम देवकोटाको हो ।
'२४ घण्टामा १ सय भन्दा बढीले फोन गर्नुहुन्छ,' देवकोटाले भनिन्, 'संक्रमणको लक्षण देखिएकालाई हामीले फलानो ठाउँमा गएर पीसीआर टेस्ट गर्नुस् भन्छौं । हामीले फोन उठाउने मात्र होइन, फोन गर्नेलाई निरन्तर फलोअप पनि गर्ने गरेका छौं ।'
देवकोटाले यदि कोही संक्रमितले आफूलाई गाह्रो भयो भन्दै फोन गर्यो भने तत्काल कहाँ–कहाँ बेड खाली छ, त्यो पत्ता लगाउने र सिफारिश गर्ने गरेको बताइन् । 'कुनै बेला अस्पतालहरूबाट बेड छ, पठाइदिनुस् भन्ने खबर आउँछ, कुनै बेला खाली छैन भन्ने जवाफ पाइन्छ,' देवकोटाले भनिन् ।
स्वास्थ्य मन्त्रालय गैरजिम्मेवार देखियो - डा. समीरमणि दीक्षित, जनस्वास्थ्य विज्ञ
जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले स्वास्थ्य मन्त्रालय गैरजिम्मेवार देखिएको आरोप लगाए ।
लोकान्तरसँग उनले भने, 'मन्त्रालयमा बसेका मान्छेहरूले नै कोरोनाबारे अफवाह फैलाइरहेका छन् । बोल्ने भाषाले कति असर पर्छ भन्ने बुझेका छैनन् । विनासित्ती अस्पतालमा भीड नगरौं, गम्भीर बिरामीले उपचार नपाउने खतरा रहन्छ भनेर भन्नुपर्ने ठाउँमा जनतालाई रिस उठ्ने गरेर बोलिरहेका छन् ।'
उनले मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बेहोश भए अथवा हुन लागे मात्र अस्पताल जानुस् भनेर बोल्न नहुने भन्दै आक्रोश पोखे । 'जिम्मेवार ठाउँमा बसेको व्यक्तिले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु हुँदैन,' उनले भने ।
उनले विश्व स्वास्थ्य संगठन, अमेरिकाको सेन्ट्रल फर डिजिज कन्ट्रोल र संसारका अन्य स्वास्थ्य संगठनहरूले कोरोनालाई बेहोश हुने या नहुने नछुट्याएको दाबी गरे । 'कोभिड– १९ को लक्षण भनेको श्वास फेर्न गाह्रो हुनु हो,' उनले भने, 'बेहोश हुनु र नहुनुसँग यसको साइनो छैन ।'
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...