२० असार २०८३, शनिबार

वीरेन्द्रनगर नगरपालिकाका लेखाकर्मचारीमाथि बलात्कार आरोप, कर्मचारी फरार

असोज २४, २०७७
वीरेन्द्रनगर नगरपालिकाका लेखाकर्मचारीमाथि बलात्कार आरोप, कर्मचारी फरार
सांकेतिक तस्वीर

वीरेन्द्रनगर नगरपालिकाका लेखापालमाथि जबरजस्ती करणीको आरोप लागेको छ ।

नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले एक महिलालाई जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । उनीमाथि महिलाले जवरजस्ती करणी आरोपमा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गत असोज ६ गते बीरेन्द्ररनगर बसपार्कको एक होटलमा शर्माले करणी गरेको महिलाले दिएको उजुरीमा लेखिएको छ । शर्माले महिलालाई होटलमा लगेर मादक पदार्थ सेवन गरेर करणी गरेको पिडित महिलाले दर्ता गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

जिल्ला अदालत सुर्खेतले असोज ९ गते नै प्रहरीलाई पक्राउ गर्न आदेश दिएपनि प्रहरीले हालसम्म आरोपी शर्मालाई पक्राउ गर्न सकेको छैन । घटनापछि शर्मा फरार रहेको प्रहरीको भनाइ छ।

सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले घटनाबारे अनुसन्धान भईरहेको भन्दै फरार शर्माको खोजीकार्य जारी रहेको बताए । उनले उजुरीका आधारमा शर्माको खोजि भईरहेको भन्दै अनुसन्धान भइरहेकोले धेरैकुरा बताउन नसकिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्