११ साउन २०८३, सोमबार

अविश्वासको प्रस्तावबारे बोले मुख्यमन्त्री– 'सरकार हैन, दलको नेताविरुद्ध हो'

असोज २५, २०७७
अविश्वासको प्रस्तावबारे बोले मुख्यमन्त्री– 'सरकार हैन, दलको नेताविरुद्ध हो'

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनकै पार्टी नेकपाका सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन् ।

नेकपा सांसद कुर्मराज शाहीका अनुसार १८ जना सांसदले पार्टी संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर गरेका हुन् ।

४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । नेकपाका बहुमत सांसदले गरेको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएको उनले बताए ।

मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेको सूचीमा पूर्वमाओवादी खेमाबाट प्रतिनिधित्व गर्ने उपसभामुख पुष्पा घर्ती र सांसद धर्मराज रेग्मीले पनि हस्ताक्षर गरेका छन् ।

पार्टीभित्रको समस्या छलफलबाटै हल हुन्छ : मुख्यमन्त्री शाही

हस्ताक्षर अभियान चलेपछि मुख्यमन्त्री शाहीले पार्टीभित्रको आन्तरिक समस्या छलफलबाटै हल हुने बताए ।

हस्ताक्षर अभियान सरकारविरुद्ध नभई संसदीय दलको नेताविरुद्ध भएको उनले भने ।

के भने शाहीले ?

हस्ताक्षर अभियान सरकारविरुद्ध हैन, संसदीय दलको नेताविरुद्ध हो ।

प्रधानमन्त्री ओलीविरुद्ध पनि यस्ता कुरा आएकै हुन् । दलको आन्तरिक कुरा हो यो । संसदीय दलको बैठकमा छलफल हुन्छ । 

सरकारविरुद्ध प्रस्ताव आएको भए राजीनामा दिने या प्रस्ताव फेस गर्ने भन्ने कुरा हुन्थ्यो । अब पार्टीभित्रै छलफल गरेर समस्या समाधान हुन्छ ।

दलको कुरा भएका कारण अहिले नै धेरै कुरा बोल्न आवश्यक छैन । केही दिनमै बैठक बसेर यो समाधान खोज्छौं ।

salt training

कमेन्ट गर्नुहोस्