कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
नेपाल विद्युत् प्राधिकरणले बिहीवार एक सूचना जारी गर्यो ।
सूचनामा जनाइएअनुसार बिहीवार काठमाडौंका ६ वटा फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा विद्युत् सेवा अवरुद्ध भयो ।
सूचनामा भनिएको थियो, ‘काठमाडौं ग्रीड महाशाखाबाट स्युचाटार सबस्टेसनमा जडित ११ के.भी स्विचगीयर प्यानल बदली गरी नयाँ स्विचगीयर प्यानल जडान गर्ने कार्य भइरहेको हुनाले मिति २०७७/०७/२७ गते बिहीवार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उक्त सबस्टेसनबाट वितरित कुलेश्वर वितरण केन्द्रअन्तर्गतको स्वयम्भु, बलम्बु, कलंकी, थानकोट, कालिमाटी, ताहाचल फिडर अन्तर्गतका सम्पूर्ण स्थानहरूमा विद्युत् सेवा अवरुद्ध हुने हुँदा यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्ने जानकारीका लागि अनुरोध छ ।’
यो त सूचना नै प्रकाशित गरेको कुरा भयो, सूचना प्रकाशित नगरी पनि आजभोलि फ्याट्ट–फ्याट्ट बत्ती जाने गरेको छ ।
तिहारको मुखैमा यसरी विद्युत् प्रवाह दैनिकजसो अवरुद्ध भइरहँदा नागरिकहरू तिहारमा पनि यस्तै हुने त होइन भनेर सशंकित छन् ।
तिहारका लागि विभिन्न प्रकारका उपकरणहरू बाली सबैले आ–आफ्नो घर झिलिमिली बनाउने क्रम शुरू भइसकेको छ । बजारमा पनि रंग बिरंगका बत्तीहरूको बिक्री बढ्दै गरेको छ ।
किन जान्छ बत्ती ?
विभिन्न किसिमका प्राविधिक काम जारी हुँदा विद्युत् प्रवाहमा अवरोध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिना मर्मत सम्भार लगायत विभिन्न प्रकृतिका कामहरू भइरहँदा सूचना दिएर बत्ती काट्नुपरेको बताउँछन् ।
उनले भने, ‘मर्मतसम्भारका कामहरू भइरहेका हुन्छन्, अन्य कामहरू पनि भइरहेको हुन्छन्, त्यसैले समय–समयमा लाइन काट्नुपर्ने अवस्था आउँछ ।’
तिहारका लागि जाँदैन बत्ती
मर्मत सम्भारका कामले शुक्रवारसम्म बत्ती जाने भएपनि तिहारको अवधिभर भने लाइन नजाने उनले बताए । उनले भने, ‘तिहारको समयमा पनि चुस्त र दुरुस्त सेवा प्रवाहका लागि हामीले तयारी गरिरहेका छौं ।’
उनका अनुसार, प्राधिकरणले मर्मत सम्भार तथा अन्य कामहरू शुक्रवारदेखि मंसिर १ गतेसम्मका लागि स्थगित गरेको छ । सामान्य परिस्थितिमा बत्ती नजाने बनाउनका लागि प्राविधिकहरूलाई निर्देशन जारी गरिसकेको बताउँदै प्रवक्ता तिम्सिना भन्छन्, ‘हामीले सबै कार्यालयहरूमा सर्कुलेसन पठाइसकेका छौं, तिहार अवधिभर बत्ती जाँदैन ।’
तिहारका समयमा उपभोगका लागि प्रयाप्त विद्युत् हुने भन्दै अहिले विगतका वर्षहरूमा जस्तो विद्युत् नपुग्ने भन्ने नरहेको उनले बताए । ‘तिहारका समयमा उद्योगधन्दा कमै मात्रामा चल्छन्, जसले गर्दा पनि विद्युत उपभोक्ताहरूलाई पर्याप्त मात्रामा पुग्दछ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले थपे, ‘अहिले तिहारमा बत्ती जाँदैन, कुनै कारणवश प्राविधिक त्रुटि देखियो र बत्ती गइहाल्यो भने पनि प्राविधिकहरू स्ट्याण्डबाई हुन्छन्, केहीबेरमै बत्ती बल्छ ।’
उनले भने, ‘विगतका वर्षहरूमा विद्युत् नपुग्ने, र कटौती हुने गरेका हुन् । तर विगत ३/४ वर्षदेखि त कति आवश्यक हो, माग कस्तो हुन्छ भन्ने कुरा फिगर नै आयो, हामीले त्यही अनुसार तयारी गर्छौं ।’
गत वर्षको लक्ष्मी पूजाको दिन विद्युत्को लोड ११ सय मेगावाट रहेको थियो । अहिले पनि त्यही हाराहारीमा विद्युत् खपत हुने उनको अनुमान छ ।
विद्युत् प्राधिकरणका अनुसार गत मंगलवार दिनभरमा १ हजार २ सय ८६ मेगावाट विद्युत खपत भएको छ । उद्योगधन्दा बन्द रहेको अवस्थामा तिहार अवधिभरका लागि यो बढी समेत हुन जाने देखिएको उनले बताए ।
प्राधिकरणले अहिले सामान्य अवस्थामा भारतबाट बिजुली ल्याएको छैन । अर्थात् ‘पीक आवर’ मा कुनैबेला उताको विद्युत् आवश्यक पर्ने भएपनि सामान्य अवस्थामा आन्तरिक उत्पादनले नै माग धानेको उनले बताए ।
उनले भने, ‘भारतबाट एकदमै पीक आवरमा कुनै बेला ल्याइएको छ, तर सामान्य अवस्थामा आन्तरिक उत्पादनले नै माग धान्छ ।’
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...