३० असार २०८३, मंगलबार

पत्रकार मालीको खड्ग पाय : जात्रा पुस्तक विमोचित

कात्तिक ३०, २०७७
पत्रकार मालीको खड्ग पाय : जात्रा पुस्तक विमोचित

पत्रकार प्रशान्त मालीद्वारा लिखित पुस्तक ‘खड्ग पाय : जात्रा’को आज विमोचन गरिएको छ ।
प्रतिनिधिसभाका सदस्य कृष्णलाल महर्जन, वाग्मती प्रदेशसभाका सदस्य शोभा शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले आज ललितपुरमा आयोजित कार्यक्रममा पुस्तकको बिमोचन गरेका हुन् । परापूर्वकालदेखिको खड्ग पायः जात्रा २०५२ सालमा बन्द भएको थियो । तेइस वर्षपछि उक्त जात्रा २०७५ सालमा पुनः मनाउन थालिएको हो ।

लामो समय बन्द रहेको जात्रा पुनः सञ्चालनमा भएको कठिनाइ तथा उक्त जात्राको महत्वको बारेमा पुस्तक केन्द्रित छ ।
कान्तिपुर दैनिकका पत्रकार मालीले ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा सात वर्ष लगाएर पुस्तक प्रकाशन गरेको जानकारी दिए ।  
पाया ः जात्रा सत्ययुगमा महादुर्गा भवानीले महिषशुरको बध गरी मानव जातिलाई दानवको कुकृत्यबाट मुक्त दिलाएको विजयोत्सवका रुपमा मनाइएको विश्वास गरिँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्