३२ असार २०८३, बिहीबार

ट्राफिक जरिवाना जम्मा गर्न बैंक काउण्टर स्थापना

मंसिर १२, २०७७
ट्राफिक जरिवाना जम्मा गर्न बैंक काउण्टर स्थापना

ट्राफिक जरिवाना बैंकमार्फत सिधैँ खातामा जम्मा गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा बैंक काउण्टर सञ्चालनमा ल्याइएको छ । ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित ट्राफिक कार्यालयको भवनमा आजदेखि सञ्चालनमा ल्याएको काउण्टरको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

जिल्लाभित्र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गर्ने सिलसिलामा सवारी नियम उल्लङ्घन बापत जरिवाना रकम बैंकिङ प्रणालीमार्फत सिधैँ ‘जरिवाना रकम राजश्व खातामा’ जम्मा गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार कारवाहीमा परेका सवारी चालकले जरिवाना रकम उल्लेखित रसिद लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तल्लो तलामा रहेको काउन्टरमा गई राजश्व दाखिला गराउनुपर्नेछ । बैंक काउण्टर स्थापनापछि ट्राफिक कामकारवाहीलाई सहज छिटो छरितो र पारदर्शी तरिकाले सञ्चालनका लागि सहयोग पुग्ने प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
 

salt training

कमेन्ट गर्नुहोस्