×

NMB BANK
NIC ASIA

चलचित्र हल नखोलेपछि सरकारमाथि दबाब दिने तयारी

मंसिर १५, २०७७

NTC
Premier Steels

कोरोना महामारीले ठप्प चलचित्र उद्योगलाई चलायमान बनाउन यससँग सम्बन्धित विभिन्न ६ वटा संस्थाले संयुक्त रूपमा दबाब दिने भएका छन् ।

Muktinath Bank

काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा हल सञ्चालकहरूले निरन्तर दबाब दिएरै भए पनि चलचित्र उद्योग खोल्ने जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द्व संघ तथा जनजाति चलचित्र महासंघले पटक–पटकको वार्ता निष्कर्षविहीन भएको ठहर गर्दै अब दबाब दिएर चलचित्र उद्योग बचाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


Advertisment
Nabil box
Kumari

कोभिड–१९ को प्रकोप शुरू भएदेखि विगत ९ महिनायता जनजीवन, व्यापार, व्यवसाय, पेशा सबै अस्तव्यस्त भएको छ र पेशा, व्यापार, व्यवसायलाई गम्भीर असर परेको छ, विज्ञप्तिमा भनिएको छ, ‘चैत ११ गतेदेखिको लकडाउनले गर्दा नेपाली चलचित्र क्षेत्र समेत बन्द छ । यसले हजारौं पेशाकर्मी बेरोजगार भएका छन् । रोजगारी नभएका कारणले चलचित्रका हजारौं पेशाकर्मीको जीवनयापन कठिन भइरहेको छ भने चलचित्रका लगानीकर्ताको लगानी स्थिर भएर बसेको छ ।’

Vianet communication

संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका प्रदर्शकको अवस्था झन् गम्भीर भएको र फिल्म क्षेत्रका विभिन्न संघ/संस्था र चलचित्र विकास बोर्डले राहत उपलब्ध गराए पनि यो क्षेत्रको उत्थानका लागि दीर्घकालीन समाधानको बाटो खोज्नुपर्ने उनीहरूले बताएका छन् । ‘अन्य क्षेत्रहरू चलायमान भए जस्तै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डको अधिनमा रही चलचित्र क्षेत्र चलायमान हुनुपर्छ भन्ने हाम्रो माग हो,’ विज्ञप्तिमा भनिएको छ, ‘मापदण्डको पालना गरी चलचित्र छायांकन हुनुपर्छ, चलचित्र प्रदर्शन हुनुपर्छ । यसका लागि चलचित्र क्षेत्रका संघ–संस्थाहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, त्यसको लागि हामी तयार रहेको प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।’

चलचित्र सम्बन्धित संघसंस्थाले सञ्चार तथा सूचना मन्त्रीलाई भेटेर चलचित्र क्षेत्रमा संघसंस्था सम्मिलित प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको थियो । तर सरकारले चलचित्र उद्योगलाई कसरी चलायमान गराउन सकिन्छ भन्ने विषयमा ठोस निर्णय लिन सकेको छैन ।

पत्रकार सम्मेलनमा सरकारसँग फिल्मकर्मी बचाउन तथा पलायन हुनबाट रोक्नका लागि आवश्यक आर्थिक राहत प्याकेजको व्यवस्था गर्न समेत माग गरिएको छ । पत्रकार सम्मेलनमा सार्वजनिक भएको विज्ञप्तिमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा राणा, नेपाल चलचित्र नृत्य संघका कार्यबाहक अध्यक्ष जनक कार्की, नेपाल चलचित्र द्वन्द संघका अध्यक्ष सूर्य थोकर तथा जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारको नाम उल्लेख छ । तर २ वटा संघका अध्यक्षहरू कारणवश उपस्थित हुन नसक्दा निर्देशक समाजका महासचिव जनकदीप पराजुली, द्वन्द संघका उपाध्यक्ष हिक्मत थपलियाले पनि आफ्नो तर्फबाट चलचित्र घर खोलाउनका लागि पहल गर्ने जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x