१० साउन २०८३, आइतबार

१०८ ग्राम ब्राउन सुगरसहित १ जना पक्राउ

साउन ९, २०८३
सुनसरी
१०८ ग्राम ब्राउन सुगरसहित १ जना पक्राउ

सुनसरीको भोक्राहाबाट १०८ ग्राम ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका वडा १ का ३५ वर्षीय मनबहादुर थापा छन् ।

उनलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा ६ ईस्राईल कामतस्थित प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ५:५० बजेको समयमा पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

​उनको साथबाट प्रहरीले ४ वटा पोकामा ३८.१३ ग्राम, ३७.३१ ग्राम, ३०.७५ ग्राम र १.८४ ग्राम गरी जम्मा १०८.०३ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्