०४ साउन २०८३, सोमबार

प्रचण्ड-नेपाल पक्षले ओलीलाई नेकपा अध्यक्षबाट हटायो

प्रचण्ड-नेपाल पक्षले ओलीलाई नेकपा अध्यक्षबाट हटायो

नेकपाका बहुमत केन्द्रीय सदस्यहरूको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा बसेको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाउने स्थायी कमिटीको प्रस्ताव पारित गरेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।

बैठकमा नेकपाका बहुमतभन्दा बढी केन्द्रीय सदस्य उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्