
नेकपाका बहुमत केन्द्रीय सदस्यहरूको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको छ ।
बबरमहलस्थित कार्की ब्याङ्केटमा बसेको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाउने स्थायी कमिटीको प्रस्ताव पारित गरेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।
बैठकमा नेकपाका बहुमतभन्दा बढी केन्द्रीय सदस्य उपस्थित थिए ।