२६ असार २०८३, शुक्रबार

बर्खास्तीमा परेका मन्त्रीको प्रतिक्रिया : आफ्नै पद धरापमा भएका मुख्यमन्त्रीले दबाबमा हटाए

पुस १४, २०७७
बर्खास्तीमा परेका मन्त्रीको प्रतिक्रिया : आफ्नै पद धरापमा भएका मुख्यमन्त्रीले दबाबमा हटाए

मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्रीबाट बर्खास्त गरेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता पठानसिंह बोहराले आफ्नै पद धरापमा परेका मुख्यमन्त्रीले दबाबमा परेर हटाएको प्रतिक्रिया दिएका छन् ।

लोकान्तरसँग कुरा गर्दै नेता बोहराले आफूसँग यसबारे कुनै छलफल नभएको बताए ।

‘प्रदेश सरकारको नाकै बचाउने काम मैले गरेको हो । व्यवस्थित ढंगले योजना र काम अगाडि बढाएको हो । मसँग एक आँखर पनि कुरा भएको छैन । फोन गर्दा पनि केही भन्नुभएन । म त मूल पार्टीको नेतृत्वको पक्षमा हो, प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको, यत्ति कुरा भएको हो,’ बोहराले भने, ‘संवैधानिक प्रावधानका आधारमा हटाएको भनिएको छ, के प्रावधान हो, त्यो बुझ्न सकेन मैले ।’

मन्त्रीबाट हटाएपछि अब आफ्नो पक्षले समेत सल्लाह गरेर अगाडि बढ्ने मन्त्री बोहराले बताए । ‘हामी सल्लाह गर्छाैं हामी, उहाँले दबाबमा परेर गर्नुभयो भन्ने सुन्छु । दबाबमा परेर कति दिन काम गर्न सक्ने हो उहाँले ?’ उनले भने, ‘प्रदेशसभामा के, कति, कता संख्या भन्ने हिसाबमा उहाँ पनि धरापमै हुनुहुन्छ भनेर बुझ्छु म ।’

प्रचण्ड–नेपाल पक्षीय मुख्यमन्त्री भट्टले आफ्नो समूहभित्रको असन्तुष्टि मिलाउन बोहरालाई हटाएर नयाँ मन्त्री थप्ने तयारी गरेका स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्