
यदि हामीले तपाइँलाई चन्द्रमामा जमिन खरिद गर्न सक्नुहुन्छ र त्यसका लागि केही डलर मात्रै खर्च गर्न सकिन्छ भन्यौं भने तपाइँ यसलाई गलत मान्नुहुनेछ ।
तर, राजस्थानको अजमेरका धर्मेन्द्र अनीजाले केही यस्तै गरेर देखाएका छन् ।
उनले आफ्नी पत्नीलाई वैवाहिक वर्षगाँठमा उपहारस्वरुप चन्द्रमामा जग्गा दिएका दिएका छन् ।
उनको यो करतुत विचित्र मात्रै होइन, सत्य र कानुनी पनि हो । वास्तवमा अमेरिकाको न्यूयोर्क सिटीस्थित फर्म लुनर सोसाइटीले चन्द्रमामा जमिन बिक्री गरिरहेको छ ।
त्यो पनि पूरै कानुनी तरिकाले । यहाँ चन्द्रमामा जमिद खरिद गर्नेलाई जग्गाको प्रमाणपत्र पनि दिने गरिएको छ ।
यो सम्पत्ति तपाइँ अरु कसैलाई बिक्री पनि गर्न सक्नुहुनेछ । धर्मेन्द्र ब्राजीलमा बस्दै आएका छन् ।
उनले आफ्नी पत्नी सपना अनीजाका लागि वर्षगाँठमा चन्द्रमा तीन एकड जमिन खरिद गरेर उपहार स्वरुप दिएका छन् ।
साथै धर्मेन्द्रले चन्द्रमाको नागरिकता जमिनको कागजात पत्नीलाई थमाएका छन् ।
चन्द्रमा उनको जमिन ५.६ डिग्री पूर्वी रेखांश र १४.३ डिग्री उत्तरी अक्षांशमा अवस्थित छ ।
यदि भोली रिसर्चका दौरान कुनै कम्पनीले उनको जमिनमा संरचना बनाएको खण्डमा त्यसको भाडा पनि धर्मेन्द्रलाई नै आउनेछ ।