
तपाइँले अहिलेसम्म कैयौं जंगल देख्नुभएको छ होला । तर, आज तपाइँलाई यस्तो जंगलबारे जानकारी दिँदै छौं जो निकै बदनाम छ ।
यहाँ मानिसहरु आत्महत्या गर्नका लागि आउने गर्दछन् । तर, पनि जापानिजका लागि यो जंगल निकै प्रिय लाग्छ ।
यो जंगल फुजी पहाड नजिकै छ । घना जंगल भएका कारण यहाँ प्रायः अँध्यारो नै हुन्छ । हेर्दा कुनै हलिउड फिल्मको भूतिया जंगलजस्तै भान हुन्छ ।
तर, फिल्ममा देखाइने जंगलभन्दा पनि यो निकै भयानक देखिन्छ ।
जापान सरकारले यो जंगलमा कसैलाई पनि जान निषेध गरेको छ । कुनै फोटोग्राफीका लागि आउन पनि निधेष छ ।
तर, पनि वर्षमा यहाँ दर्जन बढी मानिस आफ्नो ज्यान दिनकै लागि आइहाल्छन् ।
यो जंगलमा नताली डार्मर नामकी एक महिलाले हराएकी एक युवतीलाई खोज्नका लागि कदम राखिन् ।
त्यहाँ भएको अनुभव साझा गर्दै भनेकी छन्, ‘यो जंगल निकै भयानक छ । म जंगलमा ६ फिट मात्र भित्र छिर्न सकेको थिँए । तर, मेरा ड्राइभरले एक कदम पनि अगाडि बढाउन सकेनन् ।’
आफूलाई त्यहाँका रुखको तस्वीर लिन परे पनि अकस्मात जमिन नै कसैले माथितिर उठाएको आभास भएको उनले बताएकी छन् ।
उनले भनिन्, ‘यो जंगलबार जापानिज निकै भूतिया भएको बताउँछन् । १६ वर्गा माइलमा फैलिएको यो जंगललाई दोस्रो दुनियाँ पनि भनिन्छ ।’
यहाँ सन् २०१० मा दुई सयभन्दा पनि धेरैले आत्महत्या गरेका थिए । जो अन्य वर्षहरुभन्दा निकै बढी हो । यद्यपि प्रशासनको कडाइपछि यो तथ्यांक घट्दै गएको छ ।
विश्वमै सबैभन्दा धेरै आत्महत्या जापानमै हुने गर्दछ । पूरै विश्वको आत्महत्याको दर हेर्दा जापानमा मात्रै करिब ६० प्रतिशत छ ।