
कुनै संरचना होस वा विचार बनाउन निकै समय लाग्छ । तर भत्काउन खासै समय लाग्दैन । युएईको आबुधाबीमा एक यस्तै घटना भएको छ ।
जहाँ एक भिमकाय भवन केही छिनमै धुलोमा परिणत भएको छ । त्यो पनि केही सेकेन्डको अन्तरालमै ।
करिब ५४१ फिट अग्लो मिना प्लाजालाई १० सेकेन्डमै भत्काइएको हो । उक्त भवन भत्काउँदै गर्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
विश्वमा हालसम्म यति ठूलो भवन यति कम समयमा कहिल्यै भत्काइएको थिएन ।

यो भवन भत्काइएको समयले विश्व रेकर्ड नै कायम गरेको छ । कम समयमै यति विशाल भवन भत्काउने रेकर्डमा यो प्लाजाको घटना दर्ता भएको छ ।
अधिकारीहरुका अनुसार उक्त भवन भत्काउन ९१५ किलो विस्फोटक पदार्थ फिट गरिएको थियो ।
भवन भत्काइनु अघि अघि वरपरका पसल र बजारहरु अस्थायी रूपमा बन्द गरिएका थिए । भवन भत्के पछि साइट हरुमा हाल निरीक्षण भइरहेको गल्फ न्यूजले जनाएको छ ।