पछिल्लो समय नागढुंगा सुरुङमार्ग निर्माणमा अवरोध भएको चर्चा परिचर्चा भइरहेका छन् । स्थानीयको विरोधका कारण सुरुङमार्ग निर्माण बन्द रहेको कतिपय मुलधारका मिडिया रिपोर्टमा समेत उल्लेख गरिएको छ । के साँच्चिकै सुरुङमार्फत निर्माण अवरुद्ध बनेको हो त ? लोकान्तरको टोली स्थलगत रिर्पोटिङको लागि त्यस स्थानमा पुग्दा काम धमाधम भइरहेको थियो । यसबारे बुझ्दै जाँदा स्थानीयले केही विषयमा स्पष्ट पार्नका लागि माग गरेको तर काम अवरुद्ध नभएको पाइयो ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गोपी सुर्खेतीले भने, ‘स्थानीयले सुरुङमार्गको काम नै रोके भन्ने कुरा आएको छ । सुरुङ पट्टीको कुनैपनि कहीँ केही रोकिएको अवस्था छैन । तर खानेपानीको डिप बोरिङ गरेर ट्यांकीहरु बनाउने काम चाहिँ स्थानीयले उठाएको माग सम्बोधन नहुँदासम्म त्यो काम अगाडि नबढाउन भनिएको हो ।’
उनले सुरुङ सम्बन्धी भने कुनै पनि काम रोकिएको स्पष्ट पारे । स्थानीयले सुरुङ मार्ग बनाइँदा आफूहरुले प्रयोग गर्दै आएको खानेपानीको मुहान सुके के गर्ने ? वैकल्पिक व्यवस्था कसले गरिदिने ? सुरुङमार्थमाथिको जग्गाको स्पष्ट मापदण्ड तोकिदिनु पर्ने, खेतीयोग्य जमिनको सिँचाइको जिम्मा आयोजनाले लिनुपर्ने जस्ता माग अघि सारेका छन् ।
आयोजनाको निर्माण अवस्था र स्थानीयको मागबारे ग्राउण्ड जिरो रिपोर्ट भिडियोमा हेर्नुहोस्ः