२१ असार २०८३, आइतबार

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा, ओली पक्षमा खुले

पुस २२, २०७७
सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा, ओली पक्षमा खुले

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।

नेकपा विभाजनको विवादबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् ।

बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए । उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा खुलेका छन् ।

ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्