१० साउन २०८३, आइतबार

फेसबूकको पब्लिक पेजबाट हट्यो लाइक बटन, ह्वाट्सयापको सेवाशर्त परिवर्तन

पुस २३, २०७७
फेसबूकको पब्लिक पेजबाट हट्यो लाइक बटन, ह्वाट्सयापको सेवाशर्त परिवर्तन

फेसबूकले आफ्नो पछिल्लो डिजाइनमा पब्लिक पेजबाट लाइक बटन हटाइदिएको छ । 

सार्वजनिक व्यक्तित्व, कलाकार, नेता वा कुनै संस्थाको फेसबूक पेज बनाउने गरिन्छ । त्यसमा फलोसँगै लाइक बटन पनि उपलब्ध हुन्छ तर नयाँ अपडेटपछि लाइक बटन भेटिने छैन । 
पेजमा गरिएको पोस्टमा चाहिँ लाइक बटन देखिनेछ । 
 

फेसबूकको स्वामित्वमा रहेको ह्वाट्सयापले सन् २०२१ को फेब्रुअरी ८ देखि नयाँ सेवाशर्त लागू गर्ने भएको छ । नयाँ शर्तका साथ फेसबूकले ह्वाट्सयाप डेटाको उपयोग आफ्नो व्यापारका लागि गर्नेछ । यसमा चित्त नबुझेमा याप डिलिट गर्नुपर्ने हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्