०५ साउन २०८३, मंगलबार

भुटान प्रहरीको यो भिडियो भाइरल (भिडियोसहित)

पुस २४, २०७७
भुटान प्रहरीको यो भिडियो भाइरल (भिडियोसहित)

भुटानको सीमा क्षेत्रमा केही भारतीयहरू घुमिरहेका थिए । त्यतिकैमा भुटानका एक प्रहरीले निकै नै प्रेमका साथ उनीहरूलाई सम्झाउँछन् र घर फर्काउँछन् ।

कोरोना महामारीका कारण भुटानले आफ्नो जग्गा खाली गराएको बताउँदै उनले उनीहरूलाई अनुरोध गरेका छन् । 

२.११ मिनेटको यो भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । यो भिडियो जेलीफू न्यूज एन्ड बिजनेस फोरमले शेयर गरेको छ । 

भिडियोमा प्रहरीले भारतीयलाई हिन्दीमा बोल्दै बोर्डर खाली गराउन भनिरहेका छन् । क्याप्सनमा लेखेएको छ, हाम्रो सीमावर्ती क्षेत्रमा भारतीय मित्रको शान्तिपूर्ण तरिकाबाट सन्देश दिइएको छ, जो भूटान प्रवेश गर्न खोजिरहेका थिए ।

भिडियोमा उनले भनेका छन्, भूटानका पानी पियो और आप लोग घर चले जाओ । 


 

salt training

कमेन्ट गर्नुहोस्