२२ असार २०८३, सोमबार

बालबालिकाले नुहाए जाडोमा चिसो पानीले, पाठ्यक्रमको हिस्सा (भिडियो)

बैशाख ३, २०७८
बालबालिकाले नुहाए जाडोमा चिसो पानीले, पाठ्यक्रमको हिस्सा (भिडियो)

रुसको साइबेरियामा रहेको एक प्राथमिक विद्यालयका विद्यार्थीहरूले कट्टु मात्र लगाएर जाडोमा भवनबाहिर चिसो पानीले नुहाएका छन् । यो उनीहरूको पाठ्यक्रमको एक हिस्सा हो । 
 

क्रास्नोयार्स्कमा रहेको एक सरकारी प्राथमिक विद्यालयमा यसरी चिसो पानीले नुहाउँदा बालबालिका स्वस्थ रहने र संक्रमण नहुने विश्वास गरिन्छ ।

यी बालबालिका तापक्रम २५ डिग्री सेल्सियसबाट नघटेमा दिनदिनै चिसो पानीले नुहाउने गरेका छन् । 

‘यी बच्चाहरूले पहिला आफूलाई साउनामा तातो बनाए अनि बाहिर गएर चिसो पानीले नुहाउने परम्परा निर्वाह गरे,’ क्रास्नोयार्स्क शिक्षा विभागका एक प्रवक्ताले बताइन् । 

बालबालिकाका मातापिताले चिसो पानीले नुहाउने अनुमति दिने गरेको किनकि यसो गर्दा बच्चाहरू कम बिरामी हुने गरेको प्रवक्ताको भनाइ छ । 

एकदम ठण्डी भएको बेलामा श्वासप्रश्वासको अभ्यास गर्न पनि यी बालबालिकालाई सिकाउने गरिएको छ । 

चिसो पानीले नुहाउने बालबालिका बढी समझदार, सन्तुलित र आशावादी हुने शिक्षकहरूको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्