
दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा सफारी पार्टीका लागि गएका मानिसहरूले अनपेक्षित पाहुनासँग जम्काभेट गरेका छन् ।
साँझपख बुफे सजाउँदै गर्दा सिंह आइपुगेको थियो । मासुको परिकारको गन्ध पछ्याउँदै सिंह आइपुगेको हुनुपर्छ ।
सिंह देखेपछि पिकनिक गर्न गएकाहरू गाडीमा लुक्न पुगेका थिए ।
तर सिंह कुनै पनि खानेकुरा नचाखिकनै जंगलतिर गएको थियो ।
एक सिंहविज्ञले खतरा छैन भनेपछि बल्ल ककटेल पार्टी जमेको थियो । सफारी गाइड क्रिस टेलरले बुफे टेबलअघि उभिएको सिंहको तस्वीर खिच्न सफल भएका थिए ।
निकै नजिकबाट सिंह देख्न पाएकाले बेलायती पाहुनाहरू खुशी भएको उनले बताए ।