×

NMB BANK
NIC ASIA

रुसमा पुटिन साम्राज्यमाथि 'धावा' : शक्तिशाली राष्ट्रपतिविरुद्ध नभाल्नीले कसरी कमाए चर्चा ?

माघ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुसमा केही दिनयता अलेक्सी नभाल्नीको व्यापक चर्चा चलिरहेको छ । 

Muktinath Bank

राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नीलाई सरकारले एक पुरानो मुद्दासँगै सरकारी रकम अपचलनको अर्को मुद्दा लगाएर साढे तीन वर्षको कारावास सजाय दिएको छ । उनले आफूमाथिका सबै आरोपहरूको खण्डन गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार उनले रुसी जनतालाई भयबाट मुक्त हुन र ‘चोरहरूको समूह’ बाट देशलाई स्वतन्त्र बनाउन आह्वान गरेका छन् । उनको समर्थनमा देशभरि व्यापक प्रदर्शनहरू भइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

सन् २०२० को अगस्ट महिनामा नभाल्नी टोम्स्कबाट मस्को जाने क्रममा उडानमै बिरामी परे । विमानलाई ओम्स्कमा आकस्मिक अवतरण गराइयो र त्यहाँ नै उनको प्रारम्भिक उपचार गरियो । 

Vianet communication
Laxmi Bank

पछि उनको पत्नीको अनुरोधमा उनलाई थप उपचारका लागि जर्मनी लगियो । त्यहाँ उनी पूर्ण उपचार पाएर निको भए अनि स्वदेश फर्किए । स्वदेश फर्किनेबित्तिकै उनलाई पक्राउ गरेर कारागारमा राखियो । 

नभाल्नीलाई भित्री वस्त्रमा विष दिएर मार्न खोजिएको  आरोप छ । उनले सीधै पुटिन सरकारमाथि हत्याको प्रयास गरेको आरोप लगाएका छन् । 

सरकारले त्यसलाई खण्डन गर्दै मार्न चाहेको भए काम तमाम गरिदिने, अधुरो नछोड्ने भनी प्रतिक्रिया दियो ।

यसैबीच स्वदेश फर्किएलगत्तै एक भिडियो सार्वजनिक गर्दै पुटिनले कृष्ण सागरको तटमा भव्य विलासी दरबार बनाएको आरोप नभाल्नीले लगाए । भ्रष्टाचार गरेको पैसाले उक्त दरबार बनाइएको उनको आरोप छ । पुटिनले यो आरोपलाई खारेज गरेका छन् । 

नभाल्नीको समर्थनमा गरिएका प्रदर्शन रुसको इतिहासकै सबभन्दा ठूला त हैनन् तर देशका विभिन्न तह तथा उमेर समूहका मानिसले त्यसमा भाग लिएको देखिएको छ । विशेषगरी यसअघि युवा वर्गले नभाल्नीको पक्षमा प्रदर्शन गरिरहेको पाइएकोमा अन्य उमेर समूहका मानिस पनि सहभागी हुनु महत्त्वपूर्ण छ । 

पुटिनले क्राइमिया लिएपछि पश्चिमी मुलुकहरूले लगाएको आर्थिक प्रतिबन्ध तथा तेलको मूल्यमा आएको कमी अनि कोरोनाभाइरसको प्रकोपका कारण जीवनयापनमा समस्या आएकाले जनताको आक्रोश चुलिँदो छ र शायद नभाल्नीको पक्षमा गरिएका प्रदर्शन यसैको प्रतिफल हो । 

नभाल्नीदेखि पुटिन सरकार डराएको छैन तर उनले आगामी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीका उम्मेदवारविरुद्ध सबै विपक्षी दलहरूलाई मत दिन आह्वान गर्दा त्यसलाई गम्भीरतापूर्वक लिइएछ भने चाहिँ पुटिन सरकार अप्ठ्यारोमा पर्न सक्छ । 

विष काण्डअघि नभाल्नी सामान्य राजनीतिक खेलाडी थिए र बढी जसो राजधानी मस्कोमा सक्रिय थिए । उनले सन् २००० को दशकको आरम्भमा याब्लोको नामक उदारवादी विपक्षी दलबाट राजनीति शुरू गरेका थिए । पछि उनले आफ्नै रसिया अफ द फ्युचर नामक राष्ट्रवादी पार्टी खोले । 

उनले भ्रष्टाचारविरोधी ठूलाठूला अभियान पनि चलाउन थाले । रोजनेफ्ट, गाजप्रोम जस्ता विशाल कम्पनीहरूको शेयरधनीका रूपमा उनले ती कम्पनीहरूको आर्थिक कारोवारमा थप पारदर्शिताको माग गरेका थिए । 

पछि उनले रुसका सम्भ्रान्तहरूका बारेमा सनसनीपूर्ण खुलासा गरे । सरकारी अधिकारी तथा कुलीनहरूविरुद्ध उनले भ्रष्टाचारको आरोप लगाए यद्यपि उनीहरूले त्यसलाई खारेज गरेका छन् । 

नभाल्नीको उपस्थिति पहिला–पहिला अन्लाइनमा बढी थियो । फाट्टफुट्ट उनले सडक प्रदर्शन अनि मस्कोको नगरप्रमुख हुनका लागि अभियान चलाउने अन द ग्राउन्ड काम गरेका हुन् । 

केही व्यक्तिहरू नभाल्नीलाई सम्भ्रान्तहरूको आन्तरिक लडाइँको हतियार बनाइएको पनि बताउँछन् । यसमा सत्यता हुन सक्छ किनकि नभाल्नीले चलाएको भ्रष्टाचारविरोधी अभियान सार्वजनिक रूपमा उपलब्ध स्रोतमा भेट्न लगभग असम्भव छ । उनले पाउने सूचना सामान्य व्यक्तिले दिन सम्भव छैन, निकै माथि पहुँच भएको कसैले मात्र त्यति गहिरो सूचना दिन सक्छ । 

नभाल्नीको पक्षमा गरिएका प्रदर्शनलाई केही विश्लेषकहरूले सत्तापरिवर्तनको गम्भीर अभ्यासको आरम्भ भनी अर्थ्याएका छन् । अन्य चाहिँ यो चियाको कपमा उठेको तुफान मात्र हो भन्दैछन् । 

पुटिनलाई देखिनसहने अमेरिकी तथा युरोपेलीहरूचाहिँ नभाल्नीलाई उचालेर पुटिनलाई अपदस्थ गराउन सकिन्छ कि भनी जोखना गरिरहेका छन् ।

अमेरिकाका राष्ट्रपति जो बाइडनले नभाल्नीलाई थुनामुक्त गर्न आग्रह गरेका छन् । अनि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले नभाल्नीलाई पक्राउ गरेर रुसको स्थिरतामा आघात पुगेको प्रतिक्रिया दिएका छन् । 

त्यसो त सन् २०११ देखि २०१३ सम्म पनि पुटिनविरुद्ध विभिन्न किसिमका प्रदर्शन भएका थिए । त्यसलाई पश्चिमी मुलुकहरूले उचाल्न निकै कोशिश गरेका पनि थिए । तर ती सफल हुन सकेनन् ।  

अहिले नभाल्नीको पक्षमा प्रदर्शन भइरहेको भए पनि यसले रुसमा सत्ता परिवर्तन गराउला भनी सोच्न सकिन्न । 

नभाल्नीको अपील रुसी समाजका सबै तप्कामा उत्तिकै छैन अनि पुटिनका विपक्षीहरू नभाल्नीको नेतृत्वमा गोलबद्ध हुनका लागि विश्वस्त भइहालेको स्थिति पनि छैन । 

पुटिनको जस्तो लोकप्रियता नभाल्नीले हासिल गरिसकेका छैनन् । रुसको स्वतन्त्र सर्वेक्षण संस्था लेभादाले हालै गरेको सर्वेक्षणमा नभाल्नी समर्थक प्रदर्शनका बावजूद पुटिनको लोकप्रियता जम्मा १ प्रतिशतले घटेको र ६४ प्रतिशत कायम रहेको देखाएको छ । 

तर ५० वटा क्षेत्रका १६ सय १६ वयस्कहरूमाथि गरिएको यो सर्वेक्षण रुसको साढे १४ करोड जनसंख्याका लागि निकै सानो स्याम्पल साइज हो । अनि महत्त्वपूर्ण कुरा चाहिँ सर्वेक्षणमा भाग लिएका जवानहरूमा पुटिनप्रतिको समर्थन १७ प्रतिशतले घटेर ५१ प्रतिशतमा झरेको छ । 

लेभादाको त्यसै सर्वेक्षणमा सबभन्दा बढी विश्वसनीय राजनीतिकर्मीमा पुटिन नै सबभन्दा माथि देखिएका छन् । उनले २९ प्रतिशत मत ल्याएका छन् भने नभाल्नीको ५ प्रतिशत मत छ र उनी छैटौं स्थानमा छन् ।

त्यसैले पुटिन तथा अन्य राजनीतिकर्मीको तुलनामा नभाल्नीको स्थिति बलियो देखिँदैन । तर पुटिन सरकारप्रतिको असन्तुष्टि जाहेर गर्नका लागि नभाल्नीलाई आमजनताले माध्यम बनाउन सक्ने देखिएको छ । जनतालाई खुशी बनाउन पुटिन सरकारले तत्कालै ठोस कदम चाल्नु जरूरी छ ।  

सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ नभाल्नीको उपयोग गरेर रुसका सम्भ्रान्तहरूले एकअर्कामाथि प्रहार गर्न थालेको यदि सत्य हो भने त्यसको गम्भीर परिणाम देखिन सक्छ । बोल्शेभिक क्रान्तिलाई अपवाद मान्ने हो भने रुसको इतिहास हेर्दा प्रायः सत्तापरिवर्तन सम्भ्रान्तहरूमार्फत नै हुने गरेको देखिन्छ । ​

(यो सामग्री तयार पार्न रोयटर्स, आरटी, द हिन्दू, मस्को टाइम्स लगायतमा प्रकाशित सामग्रीको सहयोग लिइएको छ । )

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x