२७ जेठ २०८३, बुधबार

फूटपाथदेखि पाँचतारे होटलसम्म प्रसिद्ध मसला चिया

फागुन १, २०७७
फूटपाथदेखि पाँचतारे होटलसम्म प्रसिद्ध मसला चिया

विश्वभर चियाका पारखीहरू प्रशस्त छन्, त्यसमा पनि दक्षिण एसियामा विशेष मानिन्छ । भारतबाट शुरू भएको मसला चिया अहिले संसारभर लोकप्रिय भएको छ । त्यसमा पनि जाडोको मौसममा यसको माग बढ्ने गर्छ ।

मरुभूमिको देशमा यात्रीले पानी–पानी भने पनि नेपाल र भारतमा भने चिया–चिया भन्ने गरिन्छ । चियाको इतिहास दक्षिणी चिनबाट शुरु भएता पनि उपनिवेशकालमा बेलायतीले यसलाई दार्जिलिङ, डुवर्स र आसाममा भित्र्याए । नेपालमा पनि त्यतैबाट सर्दै आएको मानिन्छ ।

चियाको प्रयोगमा जापानी ‘टी सेरेमोनी’देखि बेलायतीहरूले आफ्नै विभिन्न तौरतरिका अपनाउँछन् । फिक्का, गाढा, कति बेर उमाल्ने, कतिबेर बफ्फाउने, दूध कहिले र कति हाल्ने, तातो वा चिसो कसरी पिउने सबै छुट्याएको हुन्छ । 

चियाका पारखीहरू वाइन वा हुस्की जस्तै विभिन्न पहिचान र आयाम हुन्छन्, ग्रीन टी, अर्थडक्स, लिफ् वा धूलो मात्र होइन, बिरुवा, मुना र पातले अनि माटो, पाखा, उचाइँ, घाम, पानी र लन्जिट्यूड–ल्याटिट्यूडले पनि फरक–फरक स्वाद र तयारीको तौरतरिका सुझाउँछ ।

हामीले चिया सेवनलाई अब बृहत् र बहुआयामिक बनाउने बेला आएको छ, किनकि यसले १–१ नागरिकको जिब्रोमा स्वादको घेरा फराकिलो बनाइदिन्छ । चियाको विकल्प कफी आए तापनि बुढापाका पारखीहरूले मसला चियाको लत छोड्न मानेका छैनन् ।

नेपालमा चियाको खपत व्यापक भए पनि प्रयोग भने विविध हुन सकेको छैन । उत्तरबाट आयातीत पत्तीबाट बन्ने भोटे नून चिया त पूरै हिमाली भेगको आफ्नै हो तर त्यो सर्वव्यापी हुन सकेन । पहाड–मधेशमा दूध, चिया, चिनी नै चलेको छ, कहिलेकाहीँ मसला थपेर विशेष बनाउने त छँदैछ । 

मसला चियाको महत्त्व बढ्दै गर्दा अहिले तारे होटलहरूले समेत भोजभतेर र पार्टीमा लाइभ मसला चिया स्टेसन राख्न थालेका छन् । मसला चियाका धेरै फाइदा हुनाले अहिले पाँचतारे होटलदेखि फूटपाथ दोकानमा समेत ग्राहकको घुइँचो हुने गरेको छ । 

कसरी बनाउने मसला चिया ?

साधारणतया मसला चिया दूध, चिनी, पानी, मरिच, सुक्मेल, इलाइची, दालचिनी, तुलसी, लेमन ग्रास, अदुवा, ल्वाङ, धुलो वा पत्ते चिया हालेर तयार गरिन्छ ।

साधारणतया पानी तताएर उल्लेखित सम्पूर्ण मसलाहरूलाई पकाउने र अन्त्यमा चिनी र छुट्टै उमालेको दूध हालेर चिया पस्कन सकिन्छ । दूध हालेर धेरै बेर उमाल्नु त्यति स्वास्थ्यकर मानिँदैन र एउटा मसला वा भाडोमा पटक–पटक चिया पकाएर पिउनु पनि हानिकारक मानिन्छ । चिया पटक–पटक गरी धेरैचोटी पिउनु पनि राम्रो मानिँदैन ।

मसला चियाका फाइदाहरू

– मसला चिया सेवन गर्नाले जाडोबाट बचाउनुको साथै सर्दी कम गर्छ । 

– मसला चिया नियमित प्रयोग गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउँछ र रक्तचाप नियन्त्रण गर्छ ।
 
– डाइबिटिज हुनबाट बचाउनुको साथै मुटु सम्बन्धी रोग लाग्नबाट बचाउँछ । 

– मसला चियामा अदुवा प्रयोग हुने हुँदा भोग जगाउने र खाना पचाउने काममा पनि मद्दत गर्दछ तर धेरै भने पिउनुभएन । 

– शरीरको वजन घटाउन पनि मसला चियाले विशेष भूमिका खेलेको हुन्छ । 

– सुगर लेबल नियन्त्रण गर्न पनि मसला चियाले मद्दत गरेको हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्