कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
विश्वभर चियाका पारखीहरू प्रशस्त छन्, त्यसमा पनि दक्षिण एसियामा विशेष मानिन्छ । भारतबाट शुरू भएको मसला चिया अहिले संसारभर लोकप्रिय भएको छ । त्यसमा पनि जाडोको मौसममा यसको माग बढ्ने गर्छ ।
मरुभूमिको देशमा यात्रीले पानी–पानी भने पनि नेपाल र भारतमा भने चिया–चिया भन्ने गरिन्छ । चियाको इतिहास दक्षिणी चिनबाट शुरु भएता पनि उपनिवेशकालमा बेलायतीले यसलाई दार्जिलिङ, डुवर्स र आसाममा भित्र्याए । नेपालमा पनि त्यतैबाट सर्दै आएको मानिन्छ ।
चियाको प्रयोगमा जापानी ‘टी सेरेमोनी’देखि बेलायतीहरूले आफ्नै विभिन्न तौरतरिका अपनाउँछन् । फिक्का, गाढा, कति बेर उमाल्ने, कतिबेर बफ्फाउने, दूध कहिले र कति हाल्ने, तातो वा चिसो कसरी पिउने सबै छुट्याएको हुन्छ ।
चियाका पारखीहरू वाइन वा हुस्की जस्तै विभिन्न पहिचान र आयाम हुन्छन्, ग्रीन टी, अर्थडक्स, लिफ् वा धूलो मात्र होइन, बिरुवा, मुना र पातले अनि माटो, पाखा, उचाइँ, घाम, पानी र लन्जिट्यूड–ल्याटिट्यूडले पनि फरक–फरक स्वाद र तयारीको तौरतरिका सुझाउँछ ।
हामीले चिया सेवनलाई अब बृहत् र बहुआयामिक बनाउने बेला आएको छ, किनकि यसले १–१ नागरिकको जिब्रोमा स्वादको घेरा फराकिलो बनाइदिन्छ । चियाको विकल्प कफी आए तापनि बुढापाका पारखीहरूले मसला चियाको लत छोड्न मानेका छैनन् ।
नेपालमा चियाको खपत व्यापक भए पनि प्रयोग भने विविध हुन सकेको छैन । उत्तरबाट आयातीत पत्तीबाट बन्ने भोटे नून चिया त पूरै हिमाली भेगको आफ्नै हो तर त्यो सर्वव्यापी हुन सकेन । पहाड–मधेशमा दूध, चिया, चिनी नै चलेको छ, कहिलेकाहीँ मसला थपेर विशेष बनाउने त छँदैछ ।
मसला चियाको महत्त्व बढ्दै गर्दा अहिले तारे होटलहरूले समेत भोजभतेर र पार्टीमा लाइभ मसला चिया स्टेसन राख्न थालेका छन् । मसला चियाका धेरै फाइदा हुनाले अहिले पाँचतारे होटलदेखि फूटपाथ दोकानमा समेत ग्राहकको घुइँचो हुने गरेको छ ।
कसरी बनाउने मसला चिया ?
साधारणतया मसला चिया दूध, चिनी, पानी, मरिच, सुक्मेल, इलाइची, दालचिनी, तुलसी, लेमन ग्रास, अदुवा, ल्वाङ, धुलो वा पत्ते चिया हालेर तयार गरिन्छ ।
साधारणतया पानी तताएर उल्लेखित सम्पूर्ण मसलाहरूलाई पकाउने र अन्त्यमा चिनी र छुट्टै उमालेको दूध हालेर चिया पस्कन सकिन्छ । दूध हालेर धेरै बेर उमाल्नु त्यति स्वास्थ्यकर मानिँदैन र एउटा मसला वा भाडोमा पटक–पटक चिया पकाएर पिउनु पनि हानिकारक मानिन्छ । चिया पटक–पटक गरी धेरैचोटी पिउनु पनि राम्रो मानिँदैन ।
मसला चियाका फाइदाहरू
– मसला चिया सेवन गर्नाले जाडोबाट बचाउनुको साथै सर्दी कम गर्छ ।
– मसला चिया नियमित प्रयोग गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउँछ र रक्तचाप नियन्त्रण गर्छ ।
– डाइबिटिज हुनबाट बचाउनुको साथै मुटु सम्बन्धी रोग लाग्नबाट बचाउँछ ।
– मसला चियामा अदुवा प्रयोग हुने हुँदा भोग जगाउने र खाना पचाउने काममा पनि मद्दत गर्दछ तर धेरै भने पिउनुभएन ।
– शरीरको वजन घटाउन पनि मसला चियाले विशेष भूमिका खेलेको हुन्छ ।
– सुगर लेबल नियन्त्रण गर्न पनि मसला चियाले मद्दत गरेको हुन्छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...