पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडाैं | कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको खुलेको हाे ।
जिल्ला प्रहरी कार्यालय, बाराले बुधवार पत्रकार सम्मेलन गरेर मुख्य योजनाकार २२ वर्षीय पूर्वशिक्षिका राधा रहेको बताएको छ ।
जिप्रकाका प्रवक्ता डीएसपी ददीराम न्यौपानेले विवाहेत्तर सम्बन्धले हत्यासम्मको स्थिति निम्त्याएको बताए । राधाको रुपेशसँगै भारतीय नागरिक मनोज गुप्तासँग पनि प्रेम सम्बन्ध रहको र यही कारण नै हत्याको कारण रहेको प्रहरीको दाबी छ ।
राधाले भारतीय नागरिक मनोजसँग मिलेर सुटरलाई भाडामा लिएर हत्या गरेको देखिएको डीएसपी न्यौपानले बताए ।
‘राधा गुप्ताले योजना बनाएर प्रिन्सिपल रुपेशको हत्या गरेको देखिएको छ । उनले मनोज गुप्तामार्फत ४ जना सुटरलाई प्रयोग गरेको देखिन्छ,’ डीएसपी न्यौपानले लोकान्तरसँग भने, ‘उनीहरूले कति रुपैयाँ दिएर सुटर मगाएका थिए भन्ने अहिलेसम्म खुलेको छैन ।’
प्रहरीले बुधवार २ जना सुटरसहित ५ जनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले कलैया उपमहानरपालिका–६ की २२ वर्षीया राधा गुप्ता, उनका सहयोगीद्वय ३४ वर्षीय जामिल अख्तर र कलैया ९ रामपुरका २६ वर्षीय रियाज अन्सारी, सुटरद्वय भारत मोतिहारी पूर्वी चरम्पारणका २३ वर्षीय चन्दन कुमार र कुमार राजपुतलाई सार्वजनिक गरेको छ ।
चन्दन र कुमारले रुपेशका हरेक गतिविधिको निगरानी गरेर गोली हानेका थिए । सुटर प्रयोग गर्ने मुख्य व्यक्ति मनोज फरार रहेको डीएसपी न्यौपानले बताए ।
राधा र मनोजको विगत ३ वर्षदेखि प्रेमसम्बन्ध रहँदै आएको थियो । त्यसै विषयमा मनोज र रुपेशको विवाद भएको प्रहरीले जनाएको छ ।
भारत मोतिहारी जिल्ला दर्पा थाना–१ सुक्लहियाका २५ वर्षीय सजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनीषकुमार सहनी र २० वर्षीय कामेश्वरसहनीले गोली प्रहार गरको खुलेको छ । उनीहरू सबै फरार रहेका छन् ।
आफ्नै नाता पर्ने अर्थात पारिवारिक सम्बन्धभित्रका मनोज र विद्यालयका प्रिन्सिपल रुपेशसँग राधाको समानान्तर प्रेमसम्बन्ध गरेका कारणले हत्यासम्म निम्त्याएको प्रहरीको बुझाइ छ । विद्यालयका एक शिक्षकका अनुसार मनोज बेला–बेलामा विद्यालयमा आइरहन्थे ।
मनोजले एकपटक विद्यालयमै गएर राधालाई हातपात गरेका थिए । उनले ‘तँलाई पनि मार्छु’ भन्दै धम्की दिएको विद्यालयका एक शिक्षकले लोकान्तरलाई बताए । मनोजलाई रुपेशले विद्यालयमा नआउन पनि भनेका थिए । राधालाई पनि विद्यालयमा चर्को विवाद हुन थालेपछि लेखापालबाट हटाएको विद्यालयका ती शिक्षकले बताए ।
सोमवार (१२ गते) २ वटा मोटरसाइकलमा आएको समूहले रुपेशको गोली हानेर हत्या गरेको थियो । कलैयाको रोजमेरी रेस्टुरेन्टबाट खाजा लिएर फर्कँदै गर्दा गोली प्रहार भएको थियो । स्थानीयका अनुसार पहिलो मोटरसाइकलमा रहेका व्यक्तिले गोली प्रहार गर्दा रुपेश जोगिएका थिए । दुईजना चढेको दोस्रो मोटरसाइकलमा रहेका व्यक्तिले गोली प्रहारबाट उनको मृत्यु भएको हो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पदभार ग्रहण गरिसकेपछि रवि लामिछानेले प्रहरीमा हस्तक्षेप नगर्ने उद्घोष गरे । उनले राम्रो काम गर्न गृहमन्त्रीको आदेश कुरिरहनुनपर्ने निर्देशन पनि दिए । तर, लामिछानेको भनाइ र क...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...