०२ साउन २०८३, शनिबार
त्रिकोणात्मक प्रेमले निम्त्याएको अपराध

प्रिन्सिपल हत्या प्रकरणः प्रेमिका राधा नै मुख्य योजनाकार, २ सुटरले गरेका थिए रुपेशका गतिविधिको निगरानी

कात्तिक १५, २०८०
काठमाडौं
प्रिन्सिपल हत्या प्रकरणः प्रेमिका राधा नै मुख्य योजनाकार, २ सुटरले गरेका थिए रुपेशका गतिविधिको निगरानी

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको खुलेको हाे । 

जिल्ला प्रहरी कार्यालय, बाराले बुधवार पत्रकार सम्मेलन गरेर मुख्य योजनाकार २२ वर्षीय पूर्वशिक्षिका राधा रहेको बताएको छ । 

जिप्रकाका प्रवक्ता डीएसपी ददीराम न्यौपानेले विवाहेत्तर सम्बन्धले हत्यासम्मको स्थिति निम्त्याएको बताए । राधाको रुपेशसँगै भारतीय नागरिक मनोज गुप्तासँग पनि प्रेम सम्बन्ध रहको र यही कारण नै हत्याको कारण रहेको प्रहरीको दाबी छ ।

राधाले भारतीय नागरिक मनोजसँग मिलेर सुटरलाई भाडामा लिएर हत्या गरेको देखिएको डीएसपी न्यौपानले बताए । 

‘राधा गुप्ताले योजना बनाएर प्रिन्सिपल रुपेशको हत्या गरेको देखिएको छ । उनले मनोज गुप्तामार्फत ४ जना सुटरलाई प्रयोग गरेको देखिन्छ,’ डीएसपी न्यौपानले लोकान्तरसँग भने, ‘उनीहरूले कति रुपैयाँ दिएर सुटर मगाएका थिए भन्ने अहिलेसम्म खुलेको छैन ।’

प्रहरीले बुधवार २ जना सुटरसहित ५ जनालाई सार्वजनिक गरेको छ । 

प्रहरीले कलैया उपमहानरपालिका–६ की २२ वर्षीया राधा गुप्ता, उनका सहयोगीद्वय ३४ वर्षीय जामिल अख्तर र कलैया ९ रामपुरका २६ वर्षीय रियाज अन्सारी, सुटरद्वय भारत मोतिहारी पूर्वी चरम्पारणका २३ वर्षीय चन्दन कुमार र कुमार राजपुतलाई सार्वजनिक गरेको छ । 

चन्दन र कुमारले रुपेशका हरेक गतिविधिको निगरानी गरेर गोली हानेका थिए । सुटर प्रयोग गर्ने मुख्य व्यक्ति मनोज फरार रहेको डीएसपी न्यौपानले बताए ।

राधा र मनोजको विगत ३ वर्षदेखि प्रेमसम्बन्ध रहँदै आएको थियो । त्यसै विषयमा मनोज र रुपेशको विवाद भएको प्रहरीले जनाएको छ ।

भारत मोतिहारी जिल्ला दर्पा थाना–१ सुक्लहियाका २५ वर्षीय सजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनीषकुमार सहनी र २० वर्षीय कामेश्वरसहनीले गोली प्रहार गरको खुलेको छ । उनीहरू सबै फरार रहेका छन् । 

आफ्नै नाता पर्ने अर्थात पारिवारिक सम्बन्धभित्रका मनोज र विद्यालयका प्रिन्सिपल रुपेशसँग राधाको समानान्तर प्रेमसम्बन्ध गरेका कारणले हत्यासम्म निम्त्याएको प्रहरीको बुझाइ छ । विद्यालयका एक शिक्षकका अनुसार मनोज बेला–बेलामा विद्यालयमा आइरहन्थे । 

मनोजले एकपटक विद्यालयमै गएर राधालाई हातपात गरेका थिए । उनले ‘तँलाई पनि मार्छु’ भन्दै धम्की दिएको विद्यालयका एक शिक्षकले लोकान्तरलाई बताए । मनोजलाई रुपेशले विद्यालयमा नआउन पनि भनेका थिए । राधालाई पनि विद्यालयमा चर्को विवाद हुन थालेपछि लेखापालबाट हटाएको विद्यालयका ती शिक्षकले बताए । 

सोमवार (१२ गते) २ वटा मोटरसाइकलमा आएको समूहले रुपेशको गोली हानेर हत्या गरेको थियो । कलैयाको रोजमेरी रेस्टुरेन्टबाट खाजा लिएर फर्कँदै गर्दा गोली प्रहार भएको थियो । स्थानीयका अनुसार पहिलो मोटरसाइकलमा रहेका व्यक्तिले गोली प्रहार गर्दा रुपेश जोगिएका थिए । दुईजना चढेको दोस्रो मोटरसाइकलमा रहेका व्यक्तिले गोली प्रहारबाट उनको मृत्यु भएको हो ।  


 

salt training

कमेन्ट गर्नुहोस्