
अमेरिकामा कोभिडका कारण हवाईयात्रा ठप्प भएपछि प्रयोगविहीन भएर विमानहरूमा धूलो भरिएको छ ।
पंक्तिका पंक्ति विमानहरू एयरफील्डहरूमा त्यत्तिकै राखिएका छन् । यात्रुवाहक तथा सैन्य विमानहरू प्रयोगविहीन बनेका हुन् ।
फोटोग्राफर यासेन तोदोरोभ अमेरिकाभरि घुमेर एयरफीलडमा थन्किएर बसेका विमानका तस्वीरहरू खिचेका हुन् ।
तोदोरोभ आफैं पनि विमानचालक हुन् र उनले एरिजोनामा रहेको ३०९औं मेनटेनेन्स यान्ड रिजेनरेसन ग्रूपका तस्वीर खिचेका हुन् । त्यहाँ चार हजारवटा विमान राखिएका छन् ।
कोभिडका कारण उड्डयन उद्योगलाई आइपरेका समस्याहरूलाई यी तस्वीरले उजागर गरेका छन् ।
कोभिडअघि बोइङ ७३७ म्याक्स विमानहरू ग्राउन्डेड भएकाले पनि धेरैजसो विमान धूलो खाएर बसिरहेका हुन् ।











