३१ जेठ २०८३, आइतबार

यसरी बनाउनुस् स्वादिष्ट प्याज करी

साउन १९, २०७८
यसरी बनाउनुस् स्वादिष्ट प्याज करी

घरैमा बसेर स्वादिला परिकार बनाउँदै परिवारका सदस्य र इष्टमित्रलाई खुशी बनाउने मौकालाई कसले छोड्न चाहला र ?

यहाँ हामी तपाईंलाई प्याज करी बनाउन सिकाउँदैछौं ।

सामग्री
प्याज (काटेको) दुई कप
 

गोलभेंडा (काटेको) एउटा

चूक अमिलो आधा चम्चा

बेसार अलिकति

नून स्वादअनुसार
 

हिंग अलिकति

मसलाका लागि

कोरेको नरिवल एक कप

चनाको दाल एक सानो चम्चा

मेथी दाना अलिकति

जीरा आधा चम्चा

सेतो तिल डेढ चम्चा

रातो खुर्सानी दुईवटा

तेल दुई चम्चा

विधि
प्यानमा तेल तताउनुस् ।

कोरेको नरिवल र तिल बाहेक माथि उल्लेखित मसलाका सबै आइटम राख्नुस् र सुनौलो रंग नआउन्जेल भुट्नुस् ।

अब नरिवल राखेर एक मिनेट फेरि भुट्नुस् ।

त्यसलाई प्यानबाट निकालेर सेलाउन दिनुस् ।

त्यसलाई मिक्सर जारमा राख्नुस् ।

एउटा कराहीमा तिल भुट्नुस् र मिक्सर जारमा राखेर त्यो अघिको मिश्रणमा राखी पुनः मिक्स गर्नुुस् ।

अब कराहीमा तेल तताउनुस् ।

त्यसमा प्याज र गोलभेंडा राखेर पाँच मिनेट भुट्नुस् ।

मसलाको पेसट राखेर हल्लाईहल्लाई एकछिन भुट्नुस् ।

यो पाकेपछि आधा कप पानी राख्नुस् र गाढा हुन दिनुस् ।

तेल सोसिएपछि आगो बन्द गरिदिनुस् ।

अब पस्किनुस् । 

salt training

कमेन्ट गर्नुहोस्