×

NMB BANK
NIC ASIA

'भगवान शिव, बुद्ध र माता सीताको देशका हामी आफ्नो संस्कृति किन भुल्दैछौं ?'

फागुन २७, २०७७

NTC
Premier Steels

'नेपाल एउटा यस्तो पवित्र भूमि, जहाँ पशुपतिनाथ छ । जहाँ बुद्धको जन्म भयो । जुन देशमा सीता माता जन्मिनुभयो, त्यस्तो देशमा हामीले संस्कृति भुल्दैछौं ।

Muktinath Bank

भौतिकवादमा रमाइरहेका छौं,' पूर्व सभासद एवं चर्चित उद्योगी विमल केडियाले यसो भनिरहँदा कार्यक्रमका सहभागी एकछिन सोचमग्न भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशिवरात्रिको अवसरमा विशाल बजार व्यापार संघले बिहीवार विशाल बजारको प्रांगणमा आयोजना गरेको 'आध्यात्मिक उत्सव अभियान' नामक कार्यक्रममा बोल्दै थिए, केडिया ।


Advertisment
Nabil box
Kumari

उनले थपे, 'भौतिकवादमा हाम्रो समाजको ध्यान गएको देखिएको छ । नेपाली धर्म संस्कृतिलाई जोगाउन नै यो अभियानको थालनी गरेका हौं । यसमा हामी बौद्ध धर्मलाई पनि साथै लिएर जान्छौं । अब यो अभियानले निरन्तरता पाउँछ ।'

Vianet communication

अभियानको मुख्य उद्देश्य विदेशी संस्कृतिमा रमाइरहेको नेपाली युवा पुस्ता र समाजलाई आफ्नो धर्म तथा संस्कृतिमाथि आकर्षण बढाउनु रहेको उनले बताए ।

कार्यक्रमका अर्का वक्ता डा. भोला रिजालले युवाहरूलाई पनि अभियानमा सामेल गरेर अगाडि बढ्नुपर्ने बताए । 'विदेशमा यस्तो उत्सवमा 'टीनएजर'को उपस्थिति रहन्छ र नौलो तरिकाले परिस्कृत गर्न सिपालु हुन्छ त्यहाँको युवा पुस्ता, त्यसैले हामीले पनि हाम्रो नयाँ पिंडीलाई यसमा सामेल गराउनुपर्छ र अभियानलाई अगाडि बढाउनुपर्छ,' उनले भने ।

अर्का वक्ता बौद्ध धर्म धर्मगुरु रिम्पोछेले धर्मलाई खोजको रूपमा प्रस्तुत गर्न सके त्यसले देशको विकासमा समेत योगदान गर्ने धारणा राखे ।

'हाम्रो बौद्ध दर्शनलाई युरोपेली मुलुकले आफ्नो पाठ्यक्रममा राखेर विकासमा फड्को मारे,' उनले भने, 'हामीले पनि हिन्दू र बौद्ध धर्मलाई धर्मको रूपमा मात्र नलिई यसलाई खोजको रूपमा प्रस्तुत गर्न सके हाम्रो देशले पनि विकासमा फड्को मार्न सक्छ ।'

कार्यक्रममा नायक निखिल उप्रेती पनि सहभागी थिए । उनले युवा पुस्ताले संस्कृति भुल्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

'हाम्रो दर्शनलाई अनुशरण गर्दै धेरै देश विकसित भए तर हाम्रो आवस्था यस्तो रह्यो कि भगवानको विरोध गर्नुलाई हामीले आफू मोडर्न भएको महशुस गर्न थाल्यौं,' उप्रेतीले भने ।

अहिले अगाडि बढेको आध्यात्मिक अभियानले धर्म र संस्कृतिलाई जोगाउन धेरै मद्दत पुग्ने उनको भनाइ थियो ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x