२८ असार २०८३, आइतबार

अफ्रिकाको यस्तो देश जहाँ ५६ प्रतिशत नागरिक हिन्दू धर्मावलम्बी छन्

फागुन २८, २०७७
अफ्रिकाको यस्तो देश जहाँ ५६ प्रतिशत नागरिक हिन्दू धर्मावलम्बी छन्

अफ्रिका महाद्वीपको दक्षिणी किनारामा पर्ने मरिसस भन्ने देशमा ५६ प्रतिशत हिन्दू नागरिक बसोबास गर्छन भन्ने सायद कमैलाई थाहा छ । तर तथ्य यही हो ।

संसारमा नेपाल र भारतपछि सबैभन्दा धेरै हिन्दुहरूको बसोबास भएको देश मरिसस हो । मरिसससँग नेपालको श्रम मन्त्रालयले श्रम सम्झौता गर्ने तयारी पनि गरिरहेको छ ।

मरिससमा हिन्दूपछि धेरै जनसंख्या क्रिश्चियनहरूको रहेको छ ।

लगभग २८ प्रतिशत जनसंख्या क्रिश्चियनको रहेको छ भने १५ प्रतिशत मुस्लिमको जनसंख्या रहेको छ । बौद्ध धर्म मान्नेहरू १ प्रतिशतको हाराहारीमा छन् ।

मरिससको संविधानले सबै धर्मको संरक्षण गर्ने नीति अपनाएको छ र भारतमा जस्तो धार्मिक विभेद देखिँदैन । जबकी भारतमा करीब ७० प्रतिशत हिन्दू र २५ प्रतिशत मुस्लिम बसोबास गर्छन् ।

नेपालमा भने हिन्दुहरूको जनसंख्या ८५ प्रतिशत भन्दा माथि छ । दक्षिण अफ्रिकाको यस सुन्दर टापु पर्यटकीय स्थल पनि हो ।

संसारभरबाट वर्षेनी लाखौं पर्यटकहरू मरिससको सुन्दरता हेर्न आउँछन् । यहाँ भगवान महादेवको अग्लो मूर्ति पनि रहेको छ भने हजारौं मन्दिर र मूर्तिहरू देख्न पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्