×

NMB BANK
NIC ASIA

वार्ताउन्मुख 'सुपर पावर'

अमेरिका-चीन वार्ता : बाइडन आएपछि फेरिएको अमेरिकी नीति, सुध्रिएला सम्बन्ध ?

चैत ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीन र अमेरिकाबीचको सम्बन्ध केही वर्षयता सुमधुर रहन सकेको छैन । दुई देशबीच व्यापार, मानवअधिकार, कोरोनाभाइरसको उत्पत्ति तथा चीन वरपरका क्षेत्रमा शक्तिप्रदर्शनका विषयमा मतभिन्नता रहिआएका छन् । 

Muktinath Bank

विशेषतः अमेरिकाको पूर्ववर्ती ट्रम्प प्रशासनले चीनविरुद्ध व्यापारयुद्ध चर्काउने र कोरोनाभाइरसका विषयमा षड्यन्त्र सिद्धान्तलाई अघि सार्दै चीनको कटु आलोचना गर्ने गरेको थियो । हुँदाहुँदा अमेरिकाको राष्ट्रपति निर्वाचनमा ट्रम्प र बाइडनबीच चीनका विषयमा को बढी कठोर देखिने भनी प्रतिस्पर्धा चलेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाइडन प्रशासनले चीनविरुद्ध ट्रम्पकै जस्तो कठोर नीति अपनाउने संकेत दिएको भए पनि आक्रामकताको साटो प्रतिस्पर्धा तथा सहकार्यमा जोड दिने देखिएको छ । चीनसँग नरम रवैया अपनाउँदा विपक्षी रिपब्लिकन पार्टीबाट अवाञ्छित आलोचना नआओस् भनी बाइडन प्रशासन सचेत देखिन्छ तर संवादहीनताको स्थितिलाई पनि ऊ टुंग्याउन चाहन्छ । 


Advertisment
Nabil box
Kumari

यसैक्रममा बाइडन प्रशासनले चीनका उच्च अधिकारीहरूसँग भौतिक उपस्थितिमै भेटवार्ता गर्ने भएको छ । आउँदो बिहीवार र शुक्रवार अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन तथा राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले चिनियाँ समकक्षीहरू परराष्ट्रमन्त्री वाङ यी र चीनको सेन्ट्रल कमिसन अन फरेन अफेयर्सका निर्देशक याङ जिचीसँग अलास्काको एंकरेजमा भेटवार्ता गर्ने भएका छन् । 

Vianet communication
Laxmi Bank

एंकरेजमा हुने बैठकमा जलवायु परिवर्तन, व्यापारयुद्ध, कोरोना महामारी, चीनले हङकङ र ताइवानमा गरिरहेको भनिएको व्यवहार र दक्षिण चीन सागरमा चीनको शक्तिप्रदर्शन, उत्तर कोरिया र इरानसँग अमेरिकाको सम्बन्ध विस्तारमा चीनको सम्भावित सहयोग लगायतका बृहत् भूराजनीतिक विषयमा चर्चा हुने अपेक्षा छ । दुवै पक्षले आफ्ना अडानहरूमा कायम रहने बताएका छन् र मिलनविन्दु खोज्ने काम चुनौतीपूर्ण देखिन्छ । 

वार्ता गरिने स्थान एंकरेज वाशिङटन र बेइजिङको मध्यभागमा रहेकाले यसलाई सुगम तथा सांकेतिक रूपमा महत्त्वपूर्ण लोकेसनका रूपमा लिइएको विश्लेषकहरू बताउँछन् । 

अमेरिकाका परराष्ट्रमन्त्री ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिन अहिले जापान तथा दक्षिण कोरियाको भ्रमणमा छन् र उनीहरू आफ्ना हिन्द–प्रशान्त साझेदारहरूलाई चीन तथा उत्तर कोरियाबाट भएको भनिएको जोखिमको सामना गर्न अमेरिकाको समर्थनको आश्वासन दिन पुगेका हुन् । ब्लिन्केन त्यहीँबाट एंकरेज पुग्दैछन् । 

हिन्द प्रशान्त क्षेत्रका साझेदारलाई उनीहरूकै मुलुकमा गएर भेट्ने अनि चीनलाई चाहिँ अमेरिकामा बोलाउने गरेर बाइडन प्रशासनले जापान र दक्षिण कोरियासँगको राजनीतिक तथा रक्षा सम्बन्धलाई उच्च महत्त्व दिएको देखाउन खोजेको विश्लेषकहरूको मत छ । 

चीन र अमेरिका दुवै पक्षले यस बैठकलाई आफ्नै तरिकाले प्रस्तुत गर्न चाहेका छन् । जस्तो, अमेरिकाले चीनसँग उच्चस्तरीय रणनीतिक संवाद गर्नका लागि निमन्त्रणा गरेको छ भनी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले गरेको टिप्पणी मन्त्रालयको वेबसाइटमा राखिएको छ । अर्थात् वार्ताका लागि अमेरिका इच्छुक रहेको चीनको दाबी छ ।

तर चाओले यसलाई रणनीतिक संवाद भने पनि अमेरिकाका परराष्ट्रमन्त्री ब्लिन्केनले संसद्को फरेन अफेयर्स कमिटीको एक सुनुवाइमा यो रणनीतिक संवाद नभएको, सामान्य भेटवार्ता मात्र भएको बताए । अनि यसको फलोअपका रूपमा थप बैठकहरू गरिने योजना नबनेको पनि उनले बताएका छन् । 

अनि परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले सञ्चारकर्मीहरूलाई बिहीवार एंकरेजमा भएको वार्तामा उल्लेख्य प्रगति तथा परिणाम देखिएमा मात्र थप वार्ताहरू गरिने स्पष्ट पारेका छन् । आफूहरू कुराका लागि कुरा गर्न तयार नरहेको र बेइजिङ कत्तिको गम्भीर छ भन्ने आधारमा अघि बढ्ने उनले बताए । 

उनको कुरा सुन्दा चीन आफैंले अमेरिकासँग वार्ता गर्न जोड दिएको र अमेरिकाले मन नलगाी नलागी सहमति जनाएको हो कि भन्ने विश्लेषकहरूको भनाइ छ भनी साउथ चाइना मर्निङ पोस्टमा मार्क म्याग्नियर लेख्छन् ।

वास्तविकता जे भए पनि बाइडन प्रशासनले ट्रम्पको जस्तो भिडन्तको बाटोभन्दा सम्पर्कवृद्धिमार्फत प्रभावकारी रूपमा प्रतिस्पर्धाको बाटो अपनाउन खोजेको देखिन्छ । 

रमाइलो कुरा के भने चीन र अमेरिकाबीच राजनीतिक सम्बन्धमा तिक्तता रहेको भए पनि विगत दुई महिनामा व्यापार सम्बन्ध हेर्ने हो भने अमेरिकामा चिनियाँ सामानको निर्यात २१ प्रतिशतले बढेको छ ।

चीन र अमेरिकाबीच नयाँ शीतयुद्ध शुरू भएको र दुवै सम्बन्ध विच्छेदको बाटोमा हिँडेको भनी केही विश्लेषकले होहल्ला मच्चाएको भए पनि दुई देशले व्यापार घटाउने वा स्थिर राख्ने हैन, बढाउने नै देखिएको छ । त्यसरी हेर्दा यी दुई देशबीचको सम्बन्धमा क्रमशः तिक्तता घट्दै जाने देखिन्छ किनकि व्यापार सम्बन्ध र राजनीतिक सम्बन्ध नितान्त भिन्न दिशामा जान सक्दैनन् । 

त्यसैले ट्रम्प प्रशासनकै पालामा सन् २०१९ को डिसेम्बर महिनामा शुरू भएको व्यापार वार्तालाई दुई देशले अघि बढाउने सम्भावना छ । 

चीनले अमेरिकाको ठूलो बजार गुमाउन नचाहेकाले अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयासमा ऊ लागेको छ । यस विषयमा चीनका प्रधानमन्त्री ली खछ्याङले गत साता सटीक टिप्पणी गरेका थिए । 

उनका अनुसार, चीन र अमेरिकाका साझा स्वार्थ छन् । धेरै क्षेत्रमा दुई देशबीच सहकार्य गर्न सकिन्छ । पोहोर साल चीन र अमेरिकाबीच ४.१ खर्ब युआन बराबरको व्यापार भयो जुन त्यसभन्दा अघिल्लो वर्षको भन्दा ८.८ प्रतिशत बढी हो । दुई देशले साझा विषय पहिल्याउने विषयमा आफ्नो ऊर्जा खर्च गर्नुपर्छ । चीन र अमेरिकाबीचको सम्बन्धलाई स्थिरताको दिशामा अघि बढाउन सबै बाधा व्यवधान हटाउनुपर्छ । 

प्रधानमन्त्री लीको भनाइ अध्ययन गर्दा ट्रम्पको भन्दा बढी कूटनीतिक दृष्टिकोणमा विश्वास गर्ने बाइडन प्रशासन सम्बन्ध सुधारको दिशामा अघि बढ्ने चीनको आकलन हुनुपर्छ । 

उता रुसचाहिँ चीन र अमेरिकाबीचको सम्बन्ध सुधार हुँदा आफू एक्लिने हो कि भनी डराइरहेको छ । बाइडन प्रशासनले चीनसँग जस्तो रुससँग सम्बन्ध सुधारमा कुनै चासो देखाएको छैन जबकि मस्को त्यसका लागि लालायित छ । उल्टो रुसविरुद्ध अमेरिकाले प्रतिबन्ध थपिरहेको छ । 

पूर्ववर्ती ओबामा प्रशासनले रुसप्रति लिएको कठोर नीतिलाई ट्रम्प प्रशासनले उल्ट्याउँदै रुसप्रति तुलनात्मक नरम नीति लिएको थियो भने बाइडन प्रशासनले ओबामाकालीन नीतिलाई निरन्तरता दिने देखिन्छ । 

तर एंकरेजमा वार्ता भए पनि बाइडन प्रशासनले चीनप्रतिको कठोर नीतिलाई परित्याग गर्न सक्दैन किनकि त्यसो गर्दा उसले अमेरिकाभित्र तीव्र आलोचना खेप्नुपर्छ । विभिन्न सर्वेक्षणहरूमा चीनका विषयमा अमेरिकीहरूको मत नकारात्मक रहेको देखिन्छ । त्यसैले दुई देशको सम्बन्ध प्रतिस्पर्धा तथा सहकार्यको जटिल मोडमा रहेको छ । 

तर यस वार्तालाई सम्बन्ध सुधारको दिशामा सकारात्मक परिवर्तनको रूपमा लिनुपर्ने हुन्छ । परराष्ट्र सम्बन्धलाई उच्च महत्त्व दिने बाइडनले अमेरिकाको स्वार्थसिद्ध हुने गरी चीनसँगको सम्बन्ध सुधार्न सफलता पाएछन् भने राजनीतिक लाभ पनि प्राप्त गर्न सक्छन् । अनि अमेरिकासँग व्यापारिक सम्बन्ध सुमधुर रहेको अवस्थामा राजनीतिक सम्बन्ध पनि सुधार भएमा चीनको परराष्ट्रनीति पनि सफल ठहरिनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x