२८ असार २०८३, आइतबार

युक्रेन : बालिकालाई आमाले नै आपत्तिजनक तस्वीर र भिडियो बनाउन दिएपछि हंगामा

चैत ५, २०७७
युक्रेन : बालिकालाई आमाले नै आपत्तिजनक तस्वीर र भिडियो बनाउन दिएपछि हंगामा

युक्रेनमा आठ वर्षकी एक ब्लगरले १३ वर्षका बालकसँग डेटिङ गरिरहेको जानकारी दिएपछि हंगामा मच्चिएको छ ।

आफूलाई आमाले नै डेटिङको अनुमति दिएको ती बालिकाको भनाइ छ । आमाले नै छोरीका सबै सामाजिक सञ्जाल अकाउन्टहरू नियन्त्रण गर्छिन् । 
 

मिलाना माखानेट्स नामक ती बालिकाको लाइकी नामक यापमा लगभग ७० लाख फलोअर छन् । लाइकी भनेको टिकटक जस्तै भिडियो शेयरिङ याप हो । रुस र युक्रेनका बालबालिकामाझ यो लोकप्रिय छ । 
 

मिलाना मोडल पनि हुन् र उनी बालबालिकाको फेशन शोहरूमा पनि भाग लिइरहेकी हुन्छिन् । 

इन्स्टाग्राममा मिलानाले मस्कोमा बस्ने पाशा पाइ नामक १३ वर्षीय ब्लगरसँग रोमान्टिक सम्बन्ध गाँसेको भन्दै पोस्ट गरेकी थिइन् । पछि उनले पोस्ट डिलिट गरिन् । इन्स्टाग्राममा मिलानाका चार लाख ८६ हजार फलोअर छन् । 

हालैका दिनमा मात्र उनीप्रति मूलधारको मिडियाको ध्यानाकर्षण भए पनि उनी र पाशाको सम्बन्ध लामै समयदेखि चलिरहेको छ । इन्स्टाग्राम स्टोरीहरूमा उनीहरूले एकअर्कालाई चुम्बन गरिरहेको र एउटै खाटमा सुतेको तस्वीर समेत राख्ने गरेका छन् । 

यसको समाचार आएपछि आपत्तिजनक फोटो र भिडियोहरू हटाइएको थियो । मिलानाकी आमा दारियाले छोरीको प्रोफाइल चलाउँछिन् र उनलाई कठोर आलोचना गरिएको छ । 

आफ्नी छोरीलाई यौनको वस्तु बनाएको भन्दै विभिन्न प्रयोगकर्ताहरूले दारियामाथि शाब्दिक आक्रमण गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्