०७ साउन २०८३, बिहीबार

खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु

असार २८, २०८३
काठमाडौं
खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका ७ स्थित पुरानो चोकमा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेश पालले लोकान्तरलाई जानकारी दिए ।

'उनीहरू १०, १२ र १४ वर्षका रहेको स्थानीयले बताएका छन्, एकिन भएको छैन, आधिकारिक पुष्टि हुन बाँकी छ,' उनले भने, 'प्रहरी टोली पुगेको छ, अनुसन्धान भइरहेको छ ।'

स्थानीय तथा सुरक्षाकर्मीले उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्