×

NMB BANK
NIC ASIA

विज्ञका कुरा

अभावका बीच कसरी गर्ने कोरोना खोपको सही व्यवस्थापन ? – डा. रवीन्द्र पाण्डे

चैत ६, २०७७

NTC
Premier Steels

वैश्विक महामारीको १ वर्ष नपुग्दै फास्ट ट्र्याकमा कोरोना भाइरसविरुद्धको खोप विकास हुनु विज्ञानको चमत्कार हो । त्यो चमत्कारलाई जीवनरक्षाका लागि सदुपयोग गर्नु हरेक सरकारको कर्तव्य तथा अग्निपरीक्षा हो । यो मानवता जीवित रहेको तथा विश्वबन्धुत्व कायम रहेको प्रमाणित गर्ने सुनौलो अवसर हो ।

Muktinath Bank

धनी तथा शक्तिशाली देशका नागरिकको जीवन तथा गरीब एवं अल्पविकसित देशका नागरिकको जीवनको मूल्य एउटै भन्ने सत्यलाई आत्मसाथ नगर्ने हो भने यो आविष्कार र प्राप्तिको परमार्थ प्रमाणित हुँदैन । खोपलाई राष्ट्रवादको घेराभित्र सीमित गर्नुहुँदैन भनेर विकसित देशका मानवतावादीको कर्णप्रिय स्वर अल्पविकसित देशका लागि आशाको सञ्चार बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना खोपको अनुसन्धानमा ठूलो धनराशि खर्च भएको छ । विश्वका करीब २०० वटा विशाल प्रयोगशालामा खर्च भएको ठूलो धनराशिले हालसम्म आधा दर्जन बढी खोपलाई स्थापित गरेको छ भने आधा दर्जन खोप स्वीकृति पर्खेर बसेका छन् ।


Advertisment
Nabil box
Kumari

फाइजर, मोडेर्ना, जोन्सन एण्ड जोन्सन, एस्ट्रेजेनेका, सिनोफार्म, सपुत्निक भी खोपलाई आपतकालीन प्रयोगको अनुमति मिलिसकेको छ भने हाम्रा छिमेकी राष्ट्र भारत तथा चीनका कोभ्याक्सिन तथा सिनोभ्याक घाँटीघाँटी आइसकेका छन् ।

Vianet communication

किन आलोचना भइरहेको छ, एस्ट्रेजेनेका ( कोभिशिल्ड ) खोपको ?

संसारकै सुप्रसिद्ध अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, ब्रिटिश–स्विडीस कम्पनी एस्ट्रेजेनेकाले विकास गरेको यो खोप अन्य खोपको तुलनामा बढी सुरक्षित देखिएको छ । यसको प्रभावकारिताबारे विश्व स्वास्थ्य संगठन, गाभी लगायतका संस्थाले नियमित रूपमा अनुसन्धानका सकारात्मक परिणाम बाहिर निकालिरहेका छन् । यो खोपको मूल्य व्यापारिक नभएर निकै सस्तो छ ।

त्यस्तै यो खोपलाई २ देखि ८ डिग्रीमा भण्डारण गर्न सकिन्छ । माथि उल्लेखित विशेषताको कारण अल्पविकसित देशको रोजाई यही खोप भएको छ । त्यतिमात्र नभएर कोभ्याक्स सुविधा अन्तर्गत ९२ वटा अल्पविकसित राष्ट्रका लागि खोप खरिद यही कम्पनीको भइरहेको छ । त्यस्तै भारतको सिरम इन्स्टिच्युटले ठूलो संख्यामा यो खोपको उत्पादन गरिरहेको छ ।

खोपमा अर्बौं लगानी गरेका अन्य खोपको मूल्य चर्को छ । खोपको भण्डारण तथा परिवहनका लागि चिस्यान कायम गर्ने संरचना धेरै देशमा छैन । खोप उत्पादकबीच आफ्नो सामान बिक्री गर्न अर्काको सामान नराम्रो छ भनेर प्रचार गर्ने कसरत भइरहेको छ । यसका लागि सुनियोजित रूपमा अक्सफोर्ड / एस्ट्रेजेनेका / कोभीशिल्ड खोपबारे भ्रम छर्ने काम भइरहेको छ । शुरूमा यो खोपले अफ्रिकामा फैलिएको प्रजातिलाई १० प्रतिशत मात्र काम गर्छ भनेर प्रचार गरियो । त्यसपछि जर्मनी, बेल्जियम, नर्वे, स्विडेन, फ्रान्स लगायतका देशले जेष्ठ नागरिकलाई निकै कम प्रभावकारी छ भनेर खोप अभियान स्थगित गरे ।

अन्य देशका जेष्ठ नागरिकमा राम्रो एन्टीबडी देखिएको अनुसन्धान आलेख प्रकाशित भएपछि जर्मनी लगायतका देशमा जेष्ठ नागरिकमा यो खोप सुचारु गरियो । पछिल्लो समयमा खोप लगाएका ५० लाख जनामा ३० जनालाई रगत जम्ने समस्या देखियो भनेर थाइल्याण्डदेखि केही युरोपियन देशमा एस्ट्रेजेनेका खोप स्थगित गरियो । हाल विश्व स्वास्थ्य संगठन, गाभी लगायतका संस्थाले ती मान्छेमा पहिले नै रगत जम्ने समस्या भएको बताएका छन् । हामीले सरसर्ती हेर्दा नेपालमा खोप लगाएका १६ लाख व्यक्तिमा गम्भीर असर देखिएको छैन । यही नै खोप सुरक्षित भएको बलियो प्रमाण हो ।

चीनको खोप र यसको स्वीकार्यता  

समाचार अनुसार चीनमा बनेको खोप लगाउने व्यक्तिलाई मात्र चीनको लागि भिसा दिइनेछ भनेर चीनले बताएको छ । यसको अर्थ अन्य कम्पनीको कोरोना खोप लगाएका व्यक्तिलाई चीनले भ्रमण अनुमति नदिने बुझिन्छ । चीनले खोपमा खरबौं लगानी गरेको छ । सिनोफार्म, सिनोभ्याक, कान्सिनो बायोलोजिक लगायतका कम्पनीले खोपको विकास गरिसकेका छन् भने अन्य एक दर्जन कम्पनीले अन्तिम चरणको क्लिनिकल ट्र्यालमा पुग्न लागेका छन् ।

चीनको सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपको युएईमा १२५ देशका हजारौं व्यक्तिमा गरेको परीक्षणमा ८६ प्रतिशत प्रभावकारी देखिएको छ । त्यस्तै चीन, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना लगायतका देशमा पनि खोप करोडौं मान्छेलाई लगाउँदा सुरक्षित तथा प्रभावकारी देखिएको छ । चीनको खोपलाई निरुत्साहित गर्ने काम ठूला देश तथा अन्तर्राष्ट्रिय संस्थाबाट भइरहेको छ ।

नेपालले पनि शुरूशुरूमा चीनले दिने भनेको खोप ल्याउने पहल गरेन । शुरूमा ३ लाख डोज अनुदान दिने भनेको चीनले परराष्ट्रमन्त्री स्तरको छलफलमा ५ लाख डोज अनुदान दिने भन्यो ।

पछिल्लो समयमा ८ लाख डोज अनुदान दिने भनेको छ । नेपालले त्यो खोप ल्याउन तुरुन्तै पहल गर्नुपर्दछ । यो खोपको मूल्य प्रति डोज ४८ डलर कायम गरिएको छ ( कोभिशिल्डको ४ डलर छ ) । नेपालको लागि यो मूल्य किन्न नसक्ने स्तरको हो । सरकारले चीनसँग अनुदानको मात्रा बढाउन वा खोपलाई सहुलियतमा प्रदान गर्न आत्मीय वार्ता गर्नु जरुरी छ ।

त्यति मात्र होइन नेपालले रुसको सपुत्निक भी, अमेरिकाको मोडेर्ना तथा सिंगल डोज खोप उत्पादन गरेको जोन्सन एण्ड जोन्सनसँग पनि कूटनैतिक पहल गरेर ती खोप अनुदानमा ल्याउने प्रयास गर्नुपर्दछ । यसका लागि प्रधानमन्त्री तथा परराष्ट्र /स्वास्थ्यमन्त्रीमार्फत एवं विश्व स्वास्थ्य संगठनमार्फत प्रयास निरन्तर गर्नुपर्दछ । जनताको जीवनरक्षाका लागि राज्य अझै गम्भीर हुनु अत्यावश्यक छ ।

खोपमा हामी कहाँ चुक्यौं ?

हामी अर्थात सरकार अर्थात स्वास्थ्य मन्त्रालय अर्थात खोप समिति खोप व्यवस्थापनमा चुकेका हौँ ।

हामीले सोचेभन्दा पहिले भारतले १० लाख मात्रा सहयोग स्वरूप पठायो, किनेको १० लाख मात्रा तुरुन्तै पठायो अनि कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार खोप पनि त्यही बेला आयो । मरुभूमिमा पानीका बाछिटा पर्दा हामीले ठान्यौं कि घनघोर वर्षा भइरहन्छ, गाग्री थापेर स्टोर गर्नुपर्दैन तथा तिर्खा नलागेका व्यक्तिलाई पनि पानी खान दिए हुन्छ । यही भ्रमका कारण हाम्रो खोप अभियान स्थगित गर्नुपर्‍यो ।

यो पंक्तिकारले पटकपटक सम्बन्धित निकायका अधिकारलाई भनेको तथा निरन्तर लेखिरहेको थियो कि हामीले जति मात्रा खोप दिन्छौं, त्यति नै मात्रा खोप दोस्रो पटकका लागि भण्डारण गर्नुपर्दछ ।

फ्रान्सले चीनमा किनेको मास्क, पीपीई लगायतका सामानको हवाइजहाज एयरपोर्टमा डबल मूल्य तिरेर अमेरिका पुर्‍याएको घटना हामीले सुनेका थियौं । जबसम्म आउँछ भनेको सामान हाम्रो एयरपोर्टमा आउँदैन तबसम्म हामीले क्यालकुलेटर थिच्नु हुँदैन । आकाशमा धेरै बाटा छन् भन्ने तथ्य समेत हामीले बिर्सिनु हुँदैन ।

त्यस्तै खोपको प्राथमिकता यस अनुरूप गरेर एक / एक मात्रा खोपको अडिट गर्नुपर्दछ ।

अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरू जसलाई दीर्घरोग छ ।

– जेष्ठ नागरिक जसलाई दीर्घरोग छ ।

– ४० वर्षमाथिका नागरिक जसलाई दीर्घरोग छ ।

– दीर्घरोग नभएका जेष्ठ नागरिक ।

– दीर्घ रोग नभएका अग्रपंक्तिमा काम गर्ने व्यक्ति ।

– अनि क्रमशः प्राथमिकता अनुरुप ।

यसो गरेको भएर त्यो २३ लाख ४८ हजार खोपमा १० लाख जोखिम व्यक्तिलाई लगाउन सकिन्थ्यो भने बाँकी अर्को लट आएपछि मात्र लगाउन शुरू गर्नुपर्थ्यो । हामीले यो घटनाबाट पाठ सिकेर आगामी दिनमा खोपको माग र आपूर्तिको सन्तुलन बुझ्नु र मिलाउनु जरुरी छ । हेल्थ इकोनोमिक्समा ‘अपरच्युनिटी कस्ट' केलाई भन्दछ, हामीलाई पक्कै थाहा छ ।​

खोपको अभाव हुने लक्षण

 एउटा कम्पनीको पहिलो खोप लगाएका व्यक्तिले अर्को कम्पनीको दोस्रो मात्रा लगाउन मिल्दैन । नेपाललाई कोभिशिल्ड खोप दिने कि भारतले हो कि कोभ्याक्सले हो । ठूलो पापड बेल्न सक्यौं भने बेलायतले एकपटक २० लाख मात्रा दिन्छु भनेको कथनलाई सम्भावनामा बदल्न सकिन्छ ।

भारतमा अहिले नयाँ संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । त्यो महामारीबाट आफ्ना नागरिकको ज्यान बचाउनका लागि भारतले छिट्टै अन्य देशमा खोप दिन अप्ठ्यारो छ । यसै पनि भारतले कोभ्याक्स तथा अन्य धेरै देशलाई प्री-बूक गरेको खोप पुर्‍याउन मुस्किल छ । आफ्नो देशमा बेवास्ता गरेर अन्यत्र खोप वितरण गरेको भनेर भारतले आफ्नै नागरिकको विरोध सामना गर्नुपरेको छ ।

यो परिप्रेक्ष्यमा नेपालले तत्काल बूकिङ गरेको १० लाख डोज ल्याउन बहुस्तरबाट पहल गर्नुपर्दछ । त्यस्तै कोभ्याक्ससँग नेपालले पहिलो मात्रा दिएको संख्या र स्टकमा रहेको संख्या ऋणात्मक भएको देखाएर दोस्रो मात्राको सुनिश्चित गर्नुपर्दछ ।

महामारीको दोस्रो लहरसँगै खोपको माग अत्यधिक बढेको छ । महामारीको सामना गर्नु नपरेको देश चीनबाट सहुलियत दरमा खोप ल्याएर हामीले यससँग जुध्न सक्छौं ।​

दोस्रो लहरको सम्भावना

अहिले ब्राजिल कोरोना महामारीको दोस्रो लहरको सामना गरिरहेको छ । त्यहाँका अस्पताल ९० प्रतिशतभन्दा धेरै अकुपाई भएका छन् । अस्पताल, स्वास्थ्यकर्मी तथा सरकारले हात उठाएको स्थिति छ ।

युरोपका अधिकांश मुलुकको अवस्था पनि विकराल छ । छिमेकी देश भारतमा हिजो मात्र ३५ हजार नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्र, कर्नाटक, केरला, मध्यप्रदेश, पंजाब, गुजरात, छत्तीसगढ लगायतका राज्यमा अस्पताल भरिभराउ छन्, स्थानअनुसार लकडाउन र कर्फ्यु लगाइएको छ । भारतमा ७० जिल्लामा कोरोना संक्रमण १५० प्रतिशतले बढेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्– हामीले सम्पूर्ण तागत लगाएर महामारीलाई यहीँ रोक्न सकेनौं भने भारतले ठूलो मूल्य चुकाउनु पर्नेछ । उनले भनेका छन्– खोप केन्द्रको बिस्तार, व्यापक परीक्षण, अनिवार्य क्वारेन्टीन, खोपको दुरुपयोग नियन्त्रण आदि गरेर तथा सम्पूर्ण शक्ति लगाएर संक्रमण नियन्त्रण गर्नुपर्दछ । द इन्डियन एक्सप्रेसका अनुसार भारतीय प्रमले खोपको दुरुपयोग तथा वेस्टेजप्रति सबै राज्यलाई विशेष निर्देश गरेका छन् ।

घरको पर्खालबाहिर महामारीको छाल उठेको छ । यस्तो अवस्थामा हामीले राजनीतिभन्दा पर हेर्न सक्नुपर्छ । त्यो छाल रोक्नका लागि सिमाना तथा विमानस्थलमा कडाइ / परीक्षण / क्वारेन्टीन आदिको व्यवस्था आजदेखि नै गर्नुपर्दछ । मास्कलाई अनिवार्य गर्नुपर्दछ । भीडभाड बन्द गर्नु / गराउनु पर्दछ अनि बाँकी मापदण्ड पालना गर्नु / गराउनु पर्दछ ।

हामीमा डर हटेको हुँदा दोस्रो लहर आयो भने स्थिति नियन्त्रण बाहिर जान सक्छ । यो तथ्य सरकार र जनता दुवै पक्षले बुझ्नु जरुरी छ । हामीले सन् २०२० को पीडा र क्षतिलाई बिर्सिनुहुँदैन । विश्वका धेरै देशमा पीडा र क्षतिको घाउ फेरि बल्झिएको तथ्य हामीले बुझ्नु जरुरी छ । सरकार र जनता मिलेर दोस्रो छाल रोक्ने प्रण गरे कोरोना महामारी दोहोरिने छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x