तीन दिनअघिबाट वसन्त ऋतु शुरू भएको वैज्ञानिकहरूले बताएका छन् ।
मार्च २० मा भर्नल इक्विनक्स रेकर्ड भएको छ । त्यो भनेको दिन र रातको समय लगभग बराबर हुनु हो । पृथ्वीको दुवै भागमा सूर्यको प्रकाश लगभग बराबर हुनुलाई भर्नल इक्विनक्स भनिन्छ ।
यो अफ्रिकी मुलुक केन्यामा रहेको मेरू शहरमा नापिन्छ । त्यहाँ सूर्यको प्रकाश इक्विनक्सको दिन भूमध्यरेखाको ठीक बीचमा पर्छ ।
तर यसपालि सूर्यले पृथ्वीको उत्तरी गोलार्धमा बढी प्रकाश दिने अमेरिकी वैज्ञानिकहरूले दाबी गरेका छन् । उत्तरी गोलार्धमा नेपाल पनि पर्छ । धेरै प्रकाश आउँदा गर्मी पनि बढी हुन्छ ।
अब जुन २० मा सूर्य उत्तरतर्फ जानेछ र उसको प्रकाश उत्तरी गोलार्धमा लगातार बढ्नेछ । तर यसपालि यसको प्रकाश उत्तरी गोलार्धमा बढी हुनेछ किनकि सूर्य यसपालि ३३ डिग्री पूर्वतर्फ उदाउनेछ । बेलुका यस डिग्रीमा लगभग १५ घन्टापछि अस्त हुनेछ ।
सामान्यतया यो २३ डिग्रीमा हुन्छ । १० डिग्रीको अन्तर आउँदा उत्तरी गोलार्धमा गर्मी बढ्नेछ ।