
गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले गत वर्ष नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठ मनाएको स्मरण गर्दै यसले पनि दुई देशको सम्बन्ध जनस्तरमा पुगेको टिप्पणी गरे ।
नेपालको विविध क्षेत्रमा अष्ट्रेलियाले गर्दै आएको सहयोगका लागि राजदूत भोल्कमार्फत अष्ट्रेलिया सरकारलाई धन्यवाद दिँदै गृहमन्त्री थापाले आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।