३१ जेठ २०८३, आइतबार

घरैमा यसरी बनाउनुस् मीठो मालपुवा

बैशाख २६, २०७८
घरैमा यसरी बनाउनुस् मीठो मालपुवा

होली पर्वमा स्वादिष्ट मालपुवा बनाएर आफू र परिवारलाई खुशी बनाउन सक्नुहुन्छ । हामी यहाँ मालपुवा बनाउने विधि सिकाउँदैछौं । 

सामग्री
मैदा एक कप
पानी डेढ कप
खुवा एक कप
पिस्ता आवश्यकता अनुसार 
बदाम आवश्यकता अनुसार
केसर अलिकति
चास्नी चार कप
घ्यू आवश्यकता अनुसार

विधि

एउटा भाँडोमा मैदा राखेर पानी हाल्नुस् । 

अर्को भाँडोमा खुवा र पानीको घोल बनाउनुस् । 

अब मैदा र खुवाको घोल मिसाउनुस् । 
 

प्यानमा सानो आगो पारेर घ्यू तताउनुस् । 

त्यसमा एक ठूलो चम्चा घोल हालेर गोलोगोलो घ्माउनुस् । 

मालपुवा बन्दै गएपछि घ्यू लगाएर दुवैतर्फ सुनौलो रंग आउन्जेल पकाउनुस् । 

मालपुवा बनेपछि चास्नीमा तीन मिनेटसम्म डुबाउनुस् । 

प्लेटमा राखेर बदाम, पेस्ता र केसरले सजाउनुस् अनि खानुस् । 

salt training

कमेन्ट गर्नुहोस्