
भारतको तेलंगाना राज्यमा एक मोटरसाइकल चालकको लापरवाहीका कारण दुईवटा ट्रक जुधेका छन् । घटना राजेन्द्रनगरमा सोमवार भएको हो ।
साइबराबाद ट्राफिक प्रहरीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट दुर्घटनाको भिडियो सार्वजनिक गरेको हो । सडक सुरक्षाका बारेमा सचेतना जगाउनका लागि उसले भिडियो शेयर गरेको हो ।
प्रहरीका अनुसार, राजेन्द्रनगरबाट हिमायत सागर आउटर रिंग रोडतिर आउँदै गरेको ट्रकका चालक तिरुपतिले मोटरसाइकल अगाडि झ्याप्पै आएपछि ट्रक मोडेपछि विपरीत दिशाबाट आएको अर्को ट्रकसँग ठोकिन पुगेको थियो ।
अर्को ट्रकका चालक र क्लीनर दुर्घटनामा घाइते भएको प्रहरीको कथन छ ।
भी वेंकटरामुलु र शिव घाइते भएकोमा शिवको अवस्था गम्भीर बताइएको छ ।
दुईवटा ट्रकलाई जुधाएर आफू आरामले निस्कने मोटरसाइकल चालकलाई ट्विटर प्रयोगकर्ताले बेस्सरी गाली गरेका छन् । उसको लाइसेन्स खोस्नुपर्ने र उसलाई जेल हाल्नुपर्ने पनि मानिसहरूको भनाइ छ ।
राजेन्द्रनगर प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान थालेको छ ।