२९ असार २०८३, सोमबार

भारतीय प्रहरीको फन्टुस व्यवहार, पीडितलाई हरिद्वारमा गएर गायत्री मन्त्र जप्न भन्यो

चैत १९, २०७७
भारतीय प्रहरीको फन्टुस व्यवहार, पीडितलाई हरिद्वारमा गएर गायत्री मन्त्र जप्न भन्यो

भारतको उत्तर प्रदेशमा मेरठ प्रहरीले आफूकहाँ उजुरी लिएर आएका व्यक्तिलाई गैरजिम्मेवार जवाफ दिएको छ । 

आफ्नी दोस्री पत्नी र सौतेनी छोरोको उत्पीडनको शिकार बनेका ती हेमन्त गोयल नामक पुरुष थानामा उजुरी दिन गएका थिए । थानेदारले उनलाई हरिद्वार गएर बस्न र दिनदिनै ब्रह्म मुहूर्तमा गायत्री मन्त्र जप गर्ने सल्लाह दिए । 

प्रहरीबाट पनि उत्पीडित भएपछि वृद्धले आईजी कार्यालय पुगेर न्यायको गुहार लगाएका छन् । 

इन्स्पेक्टर प्रेमचन्द शर्माले पीडितलाई यस्तो जवाफ दिएका हुन् । उनलाई तीन दिनसम्म हरिद्वारको गायत्री आश्रममा बसेर गायत्री मन्त्र जप्न तथा गंगाजल सेवन गर्न भने । अझ उनले पीडितलाई आफैं हातैले लेखेर पीडितलाई सल्लाह दिए । उजुरी दर्ता गर्नुभन्दा धार्मिक बन्न र विचारहरू शुद्ध बनाउन उनले सल्लाह दिए । 

त्यसो गर्दा पत्नी र छोरोले आफूलाई तीनपटक पिटेको पीडित बताउँछन् । 

आईजी कार्यालयले यस विषयमा छानबिन गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्