×

NMB BANK
NIC ASIA

मारमा उपभोक्ता

पेट्रोलियम पदार्थको मूल्यमा अचाक्ली वृद्धि, एक वर्षमै प्रतिलिटर २४ रुपैयाँ बढ्यो

चैत २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि हुन थालेको छ ।

Muktinath Bank

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरणमा एकाधिकार जमाएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य महिनामा २ पटकसम्म वृद्धि गर्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वचालित मूल्य समायोजनको नाममा निगमले उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै पछिल्ला दिनहरूमा निगमको चर्को आलोचना हुँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

निगमले बजारमा आफ्नो एकाधिकार भएकाले जे गरे पनि हुन्छ भन्ने सोचेको उपभोक्ता अधिकारकर्मीहरूको आरोप छ । 

Vianet communication
Laxmi Bank

निगमले एकातिर बोनसका लागि रकम छुट्याइरहने र अर्कातिर संस्था घाटामा छ भनेर उपभोक्तामाथि ढाड सेक्ने काम निरन्तर भइरहेको भन्दै अधिकारकर्मीहरूले आक्रोश पोखेका छन् ।

निगमले हाल हरेक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । समायोजन भनिए पनि मूल्य घटेको छैन, बढिरहेकै छ ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार निगमले हरेक १५ दिनमा मूल्य समायोजन गर्ने भएपनि गत माघ महिनाको अन्तिममा भने सातामै २ पटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो ।

गत माघ २८ गते बढेको मूल्य एक साता नबित्दै फागुन ४ गते बढेको थियो । बढेको मूल्य पेट्रोलमा १ सय १४, डिजेल तथा मट्टितेलमा ९७, आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको थियो ।

अहिले आएर सबैथोकको मूल्य बढिसकेको छ । सबैभन्दा बढी पेट्रोलको मूल्य १ सय २० रुपैयाँ प्रतिलिटर पुगिसकेको छ ।

निगमले सातामै २ पटक मूल्यवृद्धि गर्नु कार्यविधिविपरीत भएको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले चर्को आलोचना गरेका छन् । 

अधिवक्ता समेत रहेका उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ निगमले कानूनविपरीत काम गरिरहेको दाबी गर्छन् ।

‘स्वचालित मूल्य कार्यान्वयन कार्यविधिविपरीत रहेर सातामै २ पटक मूल्यवृद्धि गर्नु नै निगमको ठूलो बदमासी हो,’ उनले लोकान्तरसँग भने । 

उनले भारतमा मूल्यवृद्धि भएपनि नेपालमा त्यसैअनुसार गर्नु उपभोक्ताको ढाड सेक्ने काम भएको टिप्पणी गरे । 

‘एकातिर निगमका कर्मचारीहरू बोनस जम्मा गरेर बस्छन्, आज नलिएपनि उनीहरूले केही वर्षपछि त लिन्छन् नि !,’ उनले भने, ‘निगम घाटामा छ पनि भन्ने बोनस पनि लिन नछाड्ने ?’

सरकारी संयन्त्र बलियो नहुँदा निगमले बदमासी गरिरहेको उनको आरोप छ । 

***

निगमले पछिल्लोपटक आइतवार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

चैत २२ गते भएको मूल्यवृद्धिअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ । 

निगम भन्छ– 'घाटामा छौं'

निगमले आफू घाटामा परेकै कारण मूल्यवृद्धि गर्नुपरेको दाबी गरेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगम निकै ठूलो घाटामा रहेको बताए । लोकान्तरसँग कुरा गर्दै पौडेलले भने, ‘हामी जनताप्रति उत्तरदायी छौं, तर समस्या घाटाले निम्त्याएको हो, हामी ठूलो घाटामा छौं ।’

निगमले पछिल्लो पटकको मूल्य समायोजनपछि पनि आफूहरू अर्धमासिक रूपमा करीब ८८ करोड घाटामा रहेको जिकिर गरेको छ ।

पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ घाटा रहेको र मूल्य समायोजनपश्चात पनि डिजेल प्रतिलिटर १.९४ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४ सय १८ रुपैयाँ ४७ पैसा घाटा हुने निगमको जिकिर छ ।

निगमले एलपी ग्याँसको कारोबारबाट मात्रै आफूहरूलाई पाक्षिक (१५ दिनमा) ६०.१३ करोड रुपैयाँ घाटा रहेको दाबी गरेको छ ।

मूल्य समायोजनपश्चात भारतीय सीमाको रक्सौलभन्दा त्यससँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३०.४७ रुपैयाँ र डिजेलमा ३६.६३ रुपैयाँ सस्तो रहेको निगमले जनाएको छ । 

मुलुकमा एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको मूल्यमा निकै उतारचढाव आएको छ । २०७६ को चैत १९ गते मध्यरातपश्चात पेट्रोलको मूल्य समायोजन गरी ९६ रुपैयाँ प्रति लिटर कायम गरिएको थियो ।

यो मूल्य विभिन्न समयको उतारचढावपछि पछिल्लो पटक १ सय २० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

भारतमा कस्तो छ मूल्यवृद्धिको ट्रेन्ड ? 

कोरोना महामारीपछि विश्व अर्थतन्त्र सामान्य बन्दै जाँदा हरेक मुलुकमा पेट्रोलको माग बढेको छ । माग उच्च हुँदै जाँदा यस्ता पदार्थको मूल्यवृद्धि पनि विस्तारै हुँदै गइरहेको छ । 

सन् २०२१ को शुरूदेखि अप्रिल १ सम्मको तीन महिनाको अवधिमा भारतमा पेट्रोलको मूल्य प्रति लिटर ६.८५ भारतीय रुपैयाँ (भारु) वृद्धि भएको पाइएको छ । 

गत जनवरीको शुरूमा भारतमा पेट्रोलको मूल्य ८३.७१ भारतीय रुपैयाँ रहेको थियो ।

पछिल्लो मूल्य समायोजनपश्चात यो मूल्य बढ्दै ९०.५६ भारतीय रुपैयाँ पुगेको इन्डियन आयल कर्पोरेसनले जनाएको छ । 

भारतमा एक वर्षको अवधिमा पेट्रोलको मूल्यमा धीमा गतिमा वृद्धि भएको छ ।

इन्डियन आयल कर्पोरेसनका अनुसार भारतमा २०२० को जनवरी १ मा पेट्रोलको मूल्य ७५.१८ भारु रहेको थियो । १ वर्षको अवधिमा यो मूल्य १५.३८ रुपैयाँले वृद्धि भई ९०.५६ भारु कायम भएको छ ।

निगमको दाबी– कर्मचारीले बोनस लिएको कुरा आरोप मात्र

पछिल्लो समय निगमले पेट्रोलियम पदार्थको मूल्यमा अचाक्ली वृद्धि गरेसँगै निगमको नेतृत्व तहमै प्रश्न उठ्न थालेको छ ।

निगमले एकातिर संस्था घाटामा रहेको बताउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने र अर्कातिर कर्मचारीका लागि बोनस रकम छुट्याएर राखेको छ । 

यद्यपि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल विगत १५ वर्षदेखि आफूहरूले बोनस नपाएको दाबी गर्छन् । लोकान्तरसँग उनले भने, ‘निगमका कर्मचारीले १५ वर्षभन्दा बढी भयो, बोनस नपाएको ।’

यता निगमका आर्थिक प्रशासनका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले आफूहरूले १५ वर्षअघिदेखि बोनस नपाएको दाबी गरे । 

उनले नियममा १ प्रतिशत बोनस लिने व्यवस्था भएपनि आफूहरूले नपाएको गुनासो समेत गरे । 

उनले भने, ‘हिसाब मिलाउनका लागि हामीले १ प्रतिशत राख्ने गरेका छौं, तर त्यो पाएका छैनौं ।’

कहिलेसम्म बढ्छ मूल्य ?

निगमले पेट्रोलियम पदार्थको मूल्य अझै केही समय बढ्ने संकेत गरेको छ । 

निगमका कार्यकारी निर्देशक पौडेलले भने, ‘हामीले मूल्य बढाउँदैनौँ भने पनि आखिर अहिलेको अवस्था नै त्यस्तै छ, मूल्य अझै केही समय बढ्छ ।’

उनले उपभोक्तालाई मारमा पार्नेगरी निगमले काम नगरेको दाबी गर्दै सामान्य मूल्यवृद्धि हुँदा अन्यथा मान्न नहुने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x