२२ असार २०८३, सोमबार

अनौठो घटना : आफ्नै सन्तानसँग बिहे गर्न अनुमति माग्दै अदालतमा निवेदन

बैशाख १, २०७८
अनौठो घटना : आफ्नै सन्तानसँग बिहे गर्न अनुमति माग्दै अदालतमा निवेदन

अमेरिकाको न्युयोर्कमा एक व्यक्तिले आफ्नै सन्तानसँग बिहे गर्न अनुमति माग्दै अदालतमा निवेदन दिएका छन् । अमेरिकी कानून अनुसार हाडनातामा बिहे गरेमा ४ वर्षसम्म जेल सजाय हुने प्रावधान छ ।

बिहे सम्बन्धी रहेका कानून खारेज गर्न माग गर्दै अदालतमा दिइएको निवेदनमा बिहेलाई व्यक्तिगत स्वतन्त्रताको रूपमा लिनुपर्ने दाबी गरिएको छ । 

न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्ट अनुसार ती व्यक्तिले निवेदनमा आफ्नो नाम, ठेगाना, लिङ्ग लगायत कुनै पहिचान खुलाएका छैनन् । आफूविरुद्ध समाजमा घृणा फैलिनसक्ने भन्दै पहिचान गोप्य राखिएको छ ।

निवेदनमा भनिएको छ, ‘म आफ्नै बच्चासँग प्रेम प्रस्ताव राख्न चाहन्छु तर समाजको डरले गर्न सकिरहेको छैन ।’ आफूले सन्तानसँग बिहे गरेपनि समाजले बहिष्कार गर्ने र सन्तानलाई मानसिक पीडा हुनसक्ने भएकाले अदालतको अनुमतिपछि बिहे गर्ने ती अभिभावकले निवेदनमा उल्लेख गरेका छन् । ‘म अहिल्यै बिहे गरेर सन्तानलाई समस्यामा पार्न चाहन्न,’ निवेदनमा उल्लेख छ ।

ती अभिभावकले आफ्नै सन्तानसँग बिहे गर्न अनुमति माग्दै अप्रिल पहिलोहप्ता मेनहेट्टन अदालतमा निवेदन दर्ता गराएका छन् । ‘बिहे दुई व्यक्तिबीचको गम्भीर नाता हो, यसलाई कानूनी बन्धनले साँघुरो बनाउनु हुँदैन,’ निवेदनमा भनिएको छ ।

यसअघि सन् १९९२ मा चर्चित निर्देशन वुडी एलनले आफ्नी सौतेली छोरीसँग बिहे गरेका थिए । त्यतिबेला उनको उमेर ५६ वर्ष र छोरीको उमेर २१ वर्ष थियो । बिहे सार्वजनिक भएपछि बबाल मच्चिएको थियो । दुवै जना आजसम्म पनि सँगै छन् । 

salt training

कमेन्ट गर्नुहोस्