२३ असार २०८३, मंगलबार

अन्लाइनबाट स्याउ मगाएको, आइपुग्यो आईफोन

बैशाख ५, २०७८
अन्लाइनबाट स्याउ मगाएको, आइपुग्यो आईफोन

बेलायतमा एक व्यक्तिले अन्लाइन शपिङ गर्दै खानका लागि स्याउ मगाएका थिए । तर उनको घरमा महंगो आईफोन पो आइपुग्यो । 
 

निक जेम्स नामक ती व्यक्तिले स्थानीय सुपरमार्केट टेस्कोबाट स्याउ (याप्पल) मगाएका थिए । अर्डर घरमा आइपुग्यो र उनले खोलेर हेरे ।

भित्र त याप्पलको आईफोन पो थियो । त्यसपछि उनले ट्वीट गरेर घटनाको जानकारी दिए अनि कम्पनीलाई धन्यवाद पनि दिए । 

वास्तवमा टेस्को कम्पनीले सुपर सब्स्टिच्युट प्रमोसन चलाएको थियो । यसअन्तर्गत सामान अर्डर गर्ने केही मानिसलाई कम्पनीका तर्फबाट मोबाइल उपहार दिइएको थियो । 

एक किलो स्याउ किन्दा महंगो मोबाइल उपहारमा पाएपछि निक दंग छन् ।  

salt training

कमेन्ट गर्नुहोस्