३१ असार २०८३, बुधबार

तीन मुक्तक

कात्तिक २०, २०७४
तीन मुक्तक
तीन मुक्तक



१.
शान्ति धेरै अनि हल्ला कम बनाउँछु
फाटेको मन जमाइदिने गम बनाउँछु
कति मारे सिधासाधा अब पालो उनकै
पापीजति मारिदिने बम बनाउँछु ।

२.
तिलको दाना झैं हाम्रो देशको आकार हुने भयो
राष्ट्रघातीका सारा सपना साकार हुने भयो ।
हे ईश्वर ! बचाऊ देशलाई डुब्नै आँटेको छ
अब यहाँ चारैतिर अन्धकार हुने भयो ।

३.
बाउ आमालाई हेर्ने कुन छ नभन न आमा
एक दिन यो नि टाढा हुन्छ नभन न आमा ।
उसको पनि को नै छ र मेरैलागि आइछे
बुहारीकै कुरा सन्छ नभन न आमा ।

—उमाकान्त भण्डारी, स्याङ्जा

salt training

कमेन्ट गर्नुहोस्