२३ असार २०८३, मंगलबार

यो हो प्रदूषण सोस्ने बिरुवा, शहरमा सबैतिर लगाउन बेलायती संस्थाको सिफारिश

बैशाख ६, २०७८
यो हो प्रदूषण सोस्ने बिरुवा, शहरमा सबैतिर लगाउन बेलायती संस्थाको सिफारिश

वायुप्रदूषण सबै शहरहरूको साझा समस्या हो । काठमाडौंको वायुप्रदूषण पनि निकै भयावह स्थितिमा छ । 

बेलायतको रोयल होर्टिकल्चरल सोसाइटी (आरएचएस)ले शहरमा गाडीहरूबाट निस्कने प्रदूषण सोस्ने एक अद्भुत बिरुवा पत्ता लगाएको जनाएको छ । 

बिरुवाको नाम कोटोनईस्टर फ्रान्चेटी हो । यसको बाक्लो र गाढा हरियो पातमा रौं जस्ता फाइबर हुन्छन् । यसले अन्य बिरुवाको तुलनामा २० प्रतिशत बढी प्रदूषण सोस्न सक्ने अध्ययनले देखाएको छ । 
 

आरएचएसले पाएअनुसार, एक मिटर लामो घटना कोनोटईस्टरले ८०० किलोमिटर यात्रा गर्दा कारले फाल्ने धूवाँलाई सोसेको पाइयो । 

धेरै गाडी गुड्ने प्रमुख सडकहरूमा कोटोनईस्टर जस्ता बिरुवाहरू अत्यन्तै प्रभावकारी भएको हामीले पायौं,’ आरएचएसका प्रमुख अनुसन्धाता डा तिजाना ब्लानुसाले बताइन् । 

पृथ्वीमा लगभग ६ खर्ब रुखहरू रहने गरेको विश्व आर्थिक मञ्चको तथ्यांक देखिन्छ । आजकल प्रतिवर्ष १५ अर्ब रुखहरू काटिने गरेका छन् । अहिले विश्वभरि रुखहरूको संख्या तीन खर्बमा झरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्