२२ वर्षसम्म बौद्ध दर्शनको व्याकरण, सूत्र, मन्त्रबारे योग ध्यान तथा अध्ययन गरेका मकवानपुर हेटौंडाका सर्वजीत गोङ्बा तामाङले बौद्ध दर्शनमा (पीएचडी) गरेका छ्न् ।
यसरी बौद्ध दर्शनमा (पीएचडी) गरेको कारण उनलाई बिरलै बौद्धमार्गीहरूले प्राप्त गर्ने “खेन्पो” उपाधि प्राप्त गरेका छन्। उनले खेन्पो उपाधि प्राप्त गरेसँगै नेपालका बौद्ध धर्माम्बलीहरूमा खुशियाली छाएको बताइएको छ ।
श्री कर्म लेग्सेलिङ गुम्बा उच्च बौद्ध विश्वविद्यालय स्वयम्भूमा एक विशेष कार्यक्रम आयोजना गरेर धर्म गुरु बिच छोड्जेन लामा फुन्छोक रिम्पोछेको हातबाट उनलाई उपाधि प्रदान गरिएको थियो।
बौद्ध पञ्च महाशास्त्रको अध्ययन गरेर बौद्ध दर्शनमा खेन्पो उपाधि पाउनु निकै चुनौतीपूर्ण मानिन्छ।