२२ असार २०८३, सोमबार

फ्रान्स : फाइजरको खोप भनेर लगाइदिए नूनपानी !

बैशाख १२, २०७८
फ्रान्स : फाइजरको खोप भनेर लगाइदिए नूनपानी !

फ्रान्सको इपर्ने शहरमा रहेको रेम्स विश्वविद्यालय अस्पतालमा १४० जनालाई फाइजर–बायोएनटेकको खोप भन्दै सामान्य नूनपानी लगाइदिएको खबर छ । 

गत मंगलवार स्वास्थ्यकर्मीहरूले लापरवाही गर्दै सुईमा नूनपानी राखेर घोचेका हुन् । 

सोडियम क्लोराइडलाई पानीमा घोलेर सुईभित्र राखिएको थियो । नूनपानी घाउ सफा गर्न वा सुक्खा भएको आँखा भिजाउन काम लाग्छ वा डिहाइड्रेसनको समस्या भएमा उपयोगी हुन्छ । त्यसैले यस्तो सुई लगाउँदा पनि स्वास्थ्यलाई खराब असर चाहिँ गर्दैन । 

स्वास्थ्यकर्मीहरूले गल्ती थाहा पाएपछि भोलिपल्ट सबैलाई खबर गरे र खोपका लागि पुनः समय लिन अनुरोध गरे । 

तीमध्ये केहीले शुक्रवार सही खोप लगाएका छन् भने अन्यले बुधवारसम्ममा लगाइसक्ने अपेक्षा छ । 
 

स्वास्थ्य अधिकारीहरूले घटनाको अनुसन्धान गरेको बताए तर यस्तो गल्ती कसरी हुन पुग्यो भन्ने व्याख्या गरेनन् । घटनापछि विशेष स्वास्थ्य अधिकारी नियुक्त गरेर खोप कार्यक्रमको निरीक्षण गर्न लगाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्