२२ असार २०८३, सोमबार

उपहारको लोभमा यी व्यक्तिले ३५ जना महिलासँग राखे सम्बन्ध

बैशाख १२, २०७८
उपहारको लोभमा यी व्यक्तिले ३५ जना महिलासँग राखे सम्बन्ध

जापानका एक पुरुषले ३५ जना महिलासँग गम्भीर सम्बन्धको ढोङ गरेको अनि उपहार पाउनका लागि आफ्नो जन्मदिन ढाँटेको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको छ । 

ती सबै महिला एकजुट भएर पुरुषलाई एक्सपोज गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
 

ताकाशी मियागावा नामक ती पुरुष दक्षिणी जापानको कान्साइ क्षेत्रका हुन् र उनले एकैपटकमा ३५ महिलासँग सम्बन्ध राखेका थिए । 

प्रहरीका अनुसार, मियागावाको जन्मदिन नोभेम्बर १३ मा पर्छ । तर उनले तीन प्रेमिकालाई फेब्रुअरी, जुलाई र अप्रिलमा जन्मदिन पर्छ भन्दै ढाँटेका थिए । 
 

मियागावा विभिन्न महिलासँग फरकफरक रेस्टुराँमा देखिएको तस्वीर समेत सार्वजनिक भएका छन् ।

उनले कपडा र पैसा गरी लगभग एक हजार डलर बराबरको उपहार हात पारेको प्रहरीको विश्वास छ । 
 

मियागावाले एक मार्केटिङ कम्पनीका लागि शावरको सामान बेच्ने गरेका थिए र त्यसैक्रममा महिलाहरूलाई भेटेका थिए । उनले एकल महिलालाई लक्षित गर्ने र छिट्टै बिहे गर्ने प्रलोभन दिने गरेको पाइयो । 

पछि सबै महिला एकजुट भएर उनलाई एक्सपोज गरे । उनीहरूले कसरी ती व्यक्तिको बारेमा थाहा पाए भन्ने खुलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्